दाङ, बैशाख ७ । नेपालमा कोरोना संक्रमण देखएका ३१ जना मध्य ४ जना निको भएर घर फर्केका छन् । पछिल्लो पटक आज कैलाली लम्कीचुहाका २१ वर्षीय युवा निको भएर अस्पतालबाट डिस्चार्ज भएका हन् ।
यसैगरी हिजो मात्रै काठमाडौं र बाग्लुङमा उपचाररत दुईजना निको भएर डिस्चाार्ज भएका थिए । एकजना भने चैतको दोस्रो हप्तामै डिस्चार्ज भएका थिए ।
चिकित्सकहरुले संक्रमीमा कोरोनाका लक्षणहरु हराएपछि, दोस्रोपटकसम्मको पिसिआर परीक्षण नेगेटिभ आएपछि तथा अन्य केही बिशेष अबस्थामा सुधार देखिएपछि संक्रमणमुक्त मान्दछन् ।