बिना खोज्दै भौतारिएको कस्तुरी

सुभाष न्यौपाने

जसरी बिना खोज्दै वनमा घुम्दछ कस्तुरी !
त्यस्तै भएर कांग्रेस भौँतारिँदैछ देशभरी !!
कस्तुरीले नबुझे झै बिना आफूभित्रको !
लोकतन्त्रको सुगन्ध नबुझ्ने कांग्रेस हो !!
अधिनायकवादीसँग गठबन्धन गरिकन !
लोकतन्त्र र मेलमिलाप व्याख्या गर्दछ कांग्रेस !!
श्रावण छ, भाद्र चौविस, पौष सोह्र मनाउँदा !
खुसी हुन्छन् कार्यकर्ता रुन्छन् नेता मनाउँदा !!

नेपाली कांग्रेसले अडचालिसौँ राष्ट्रिय मेलमिलाप दिवस पौष सोह्रमा सम्पन्न गरेको छ । नेपाली कांग्रेसले सामान्य तथा वर्षमा तिन पटक विपीलाई सम्झने गर्छ । हरेक वर्ष श्रावण ६ मा विपी स्मृति दिवस भाद्र चौविसमा विपी जन्म नेपाली तथा पौष सोह्रमा राष्ट्रिय मेलमिलाप दिवस । पौष सोह्रको राष्ट्रिय मेलमिलाप दिवस मनाइरहँदा नेपाली कांग्रेसका कार्यकर्ता आफ्ना नेताहरुलाई लगभग एउटै प्रश्न गरेको पाइयो, नेपाली कांग्रेसको सत्ता गठबन्धनको उद्देश्य के ? उपलब्धी के ? कांग्रेस जन सम्पर्कबाट विमुख हुनु हो ? नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नो पार्टी सरकारमा नरहेको महसुस हुने वातावरण सिर्जना गर्नु हो ?

भ्रष्टाचार र तस्करीमा संलग्न हुनु हो ? यस्तै यावत प्रश्नहरु मुलुकभरीको कार्यक्रममा आफ्ना नेतासँग कार्यकर्ताले राखे । कति ठाउँमा कति नेताहरुले निर्लज्ज जवाफ दिए, हाँसेर पचाए । नेपाली कांग्रेसले आफ्नो नियमित कार्यक्रम राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै गर्दाको पूर्वसन्ध्यामा रोजगारीको लागि अवसर खोज्ने क्रममा अनुतिर्णहरुलाई अवसर प्रदान गर्नको लागि पुनः प्रवेश परीक्षामा सहभागि गराउने सूचनाअनुसार पुनः परीक्षामा सहभागि गराउने नीतिको विरोध गरिरहेका युवामाथि लाठी र गोली चलाउने सरकारको गलत प्रवृत्तिका कारण उत्पन्न परिस्थितिको उदाहरण हो तोडफोड र आगजनी ।

मुलुकमा नेपाली कांग्रेसको अगुवाईमा मुलुकमा गठित गठबन्धन जसको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको छ । अब भन्नोस् गठबन्धनको नेतृत्व गरेको दलले सरकारको नेतृत्व गरेको छैन भनेर जस लिने अपजसबाट बाहिरिने गर्न त पक्कै पाइँदैन । के विपी कोइरालाको मेलमिलापको नीतिले नेपाली कांग्रेसका नेताहरुलाई यही सन्देश दिएको हो ? आफ्नो अपनत्व भएको संस्था र संगठनले गल्ती ग¥यो भने त्यसको विरोध नगर्नु भनेको हो ? कि मुठ्ठीभरका नेताका मुठ्ठीभर कार्यकताले मात्र सुविधार अवसर मात्र प्राप्त गर्ने व्यवस्था प्रजातन्त्र हो भनेर सिकाएका थिए ? मेलमिलापको नाममा ? विपीले त राष्ट्र, राष्ट्रियताको नाममा मेलमिलाप, राष्ट्रको विकास र समृद्धिको नाममा मेलमिलाप, प्रजातन्त्र र सुशासनको नाममा मेलमिलाप नागरिक अधिकार र कानुनी राज्यका निमित्त मेलमिलाप ।

यस्तो जनताको साथी नीति, देशको रक्षक नीति यति राम्रो मेलमिलापको नीतिको संरक्षण कतै नेपाली कांग्रेसले नै गर्न नसकेको त हैन ? यो प्रश्नको पहिलो उत्तर नेपाली जनतालाई नेपाली कांग्रेसले दिनुपर्छ बुझाउनुपर्छ । नेपाली कांग्रेसले विपीको नाममा मनाउने ती कार्यक्रमहरु जो राष्ट्र, राष्ट्रियता, प्रजातान्त्रिक समाजवाद जो जनताको जीविकासँग र अधिकारसँग प्रत्यक्ष उत्तरदायी छ । विपीका नाममा कांग्रेसले मनाउने सबै कार्यक्रमहरु जनउत्तरदायी छन् । ती कार्यक्रम सम्पन्न गर्ने राजनैतिक दलहरु कति जनउत्तरदायी छन् त भनेर नेपाली जनताले अहिले नेपाली कांग्रेसको परीक्षा लिइरहेका छन् तर नेपाली कांग्रेस अहिले राष्ट्र र जनताको अस्तित्वलाई मजाकमा राखेर जनउत्तरदायी हुने विषयमा गुट र उपगुटको नाममा जन चाहनामा खेलवाड गरिरहेको बुझेका छन् ।

यदि नेपाली कांग्रेस विपी, गणेशमान किसुनजि र सुवर्णको स्मृति दिवस र मेलमिलाप दिवस मनाउने नाममा जनताको आँखामा छारो हालेर अगाडि बढ्न खोज्छन् भने अब नेपाली जनताले नेपाली कांग्रेसलई साथ दिन सक्ने छैनन्, जनता त्यो परिस्थितिमा पुगिसकेका छन् । अब नेपाली कांग्रेस कुनै नेताको नाममा जनतालाई ढाँट्न पाउने छैन । अहिले नेपाली कांग्रेस जात, वर्ग र वर्ण नमिल्नेसँग साँठगाँठ गरेर आफू भरीको खाल्डोमा पुरिएर उनीहरुलाई ठिममाथि राख्न खोज्दैछ । गठबन्धनको गल्ती र अपराधको ढाकछोप गर्दै आफू अपराधी बनिरहेको छ ।

नेपाली कांग्रेसको आदर्श प्रजातान्त्रिक समाज खोजिरहेको छ, यो त कस्तो देखियो भने जसरी कस्तुरी आफ्नो नामिमा रहेको बिनाको सुगन्ध खोज्न सारा जंगलभरी भौँतारिँदै खोज्दै हिडेको देखिन्छ हो नेपाली कांग्रेस पनि आफूले बोकि राखेको प्रजातान्त्रिक समाजवादको सुगन्ध थाहा नपाएर भेटाइन्छको भनेर होला कम्युनिष्ट पार्टीलगायत अन्य दलसँग राजनैतिक सत्ता गठबन्धन गर्न पुगेको त हैन ? जनताले आश्चर्यजनक प्रश्न सोधिरहेका छन् । छ त नेपाली कांग्रेससँग यस प्रश्नको उत्तर ? विपीले जसरी कसैसँग आत्मसमर्पण नगरी कसैको विरोध पनि नगरी देश र जनता संकटमा पुनः लागेको महसुस गरी देश र जनतालाई उक्त धरापबाट जगाउन नेपाल फर्कने निधो गर्नुभयो त्यसबेला विपीका विरुद्धमा आजिवन काराबास मृतदण्डललगायतका मुद्दाहरु जगाएर सर्वोच्च अदालतमा मुद्दा चलिरहेको थियोे ।

त्यस्तो अवस्थामा राष्ट्र र राष्ट्रियतालाई सिरोधार्य गर्दै राजनैतिक संकट जसको कारण आफू विरुद्ध जुनसुकै फैसला र निर्णय हुन सक्ने अवस्था हुँदा हुँदै पनि आफ्नो जिउज्यानको प्रवाह नगरी नेपाल फर्कने जुन निधो गर्नुभयो त्यसो खास कारण विपीलाई थाहा हाम्रो आफ्नो आन्तरिक कलहको कारण कतै मुलुकको राष्ट्र राष्ट्रियता संकटका पर्ने र छिमेकिले हाम्रो कमजोरीको फाइदा उठाउने त हैनन् ? हामी आफू आफूमा लडेर विदेशीलाई फाइदा उठाउन दिनुभन्दा संकट व्यहोरेर भए पनि स्वदेश फिर्ता हुनु बेस भनेर विपी आफ्ना केही साथी र कार्यकर्ताहरुका साथ ०३३ साल पौष १६ गते नेपाल फर्कनु भएको, जुन समस्या तत्काल दंगाली युवाहरु खुमबहादुर खड्का र महादेव शाहको नाम पनि उल्लेखित छ ।

उक्त मेलमिलापको नीति लिएर नेपाल फर्केका, आज हाम्रो बिचमा नरहेका सबै नेताहरुप्रति श्रद्धापूर्वक सम्मान व्यक्त गर्दछौँ साथै अहिले पनि हाम्रो माझ रहेर त्यस अवस्था र घटनाको बारेमा जानकारी गराउनु हुने सबै नेतृत्वकर्ताप्रति उच्च सम्मान प्रकट गर्दै आरोग्यको कामना गर्दछौँ । पुष १६ हरेक वर्षको नेपाली कांग्रेसको क्यालेण्डरमा राष्ट्रिय मेलमिलाप दिवसको दिनमा अंकित छ । मुलुकभरी राष्ट्रिय मेलमिलाप दिवस मनाउने क्रममा नेपाली कांग्रेस दाङले विपी र राष्ट्रिय मेलमिलाप दिवसको बारेमा नेताद्वारा सोधपत्र प्रस्तुत गर्ने कार्यक्रम समेत सम्पन्न गरेको छ । त्यस कार्यको सबैले सकारात्मकताका साथ श्रवण गरेर प्रशंसा पनि गरे ।

त्यति हुँदा हुँदै पनि कार्यकर्ता बिचमा सानो गुनासो पनि रह्यो कि ती दुई सोधपत्र प्रस्तुतकर्ताहरु बाहेक अर्को व्यक्ति जसले विपीको सानिध्यमा रहेर राजनीति पढेकार राजनीति गरेका व्यक्तिमध्यबाट एक जना सोधपत्र प्रस्तोता भइदिएको भए आजको पुस्ताले विपीको बारेमा पढ्न पाउँथे, विपी वादर विपीको समाजवादको बारेमा पढ्न पाउँथे । पुष १६ को दाङको कार्यक्रमलाई कार्यकर्ताले कथा पढेकाहरुले वाचन गरेको कथाको रुपमा लिएका छन् । विपीसँगै संगत गरेर विपीकै आदर्शले प्रभवित भएर नेपाली कांग्रेसका नेताहरु दाङमा हुँदा हुँदै पनि किन हो विपीको राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा विपीको कथामात्र सुनाउने कोसिस ग¥यो ?

नेपाली कांग्रेसले केन्द्रीय कार्यक्रममा उपस्थिति भएका विपक्षी दलका नेताले मञ्चबाटै भनेको कुरा सुनियो विपीको राष्ट्रिय मेलमिलापको नीतिको राष्ट्रिय एकताको नीति भनेर विपीको राष्ट्रिय मेलमिलापको नीतिको बारेमा बोल्न पाउँदा आफू गैरबन्दित भएको समेत भन्न पछि परेनन् । कार्यक्रमका वक्ताहरुले सबैजसोले विपीको राष्ट्रिय मेलमिलापको नीति हिजो जति आवश्यक थियो त्योभन्दा बढी सान्दर्भिक आज हुन पुगेको छ भन्ने कुरा नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रममा उपस्थित सबै वक्ताहरुले भने ।

प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ सदनमा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट नेता तथा पुराना राजनीतिज्ञ चित्रबहादुर केसीलगायतको वक्ताले आज नेपाली कांग्रेसको आयोजनामा हामीले मनाइरहेको विपीको राष्ट्रिय मेलमिलापको नीति नेपाली कांग्रेसको मात्र नभई समग्र नेपालीको मेलमिलाप र एकताको नीति भनेर भाव विशवर हुँदै शब्द श्रद्धा अर्पण गरेको पनि हामीले देख्यौ तर नेपाली कांग्रेस दाङले भने कुन्नी किन हो कथा पुराणकै शैलीमा कर्मकाण्डी पाराले विपीको राष्ट्रिय मेलमिलाप जस्तो विशेष अवसलाई अवसरको रुपमा नलिएर केवल कर्मकाण्डी शैलीमा समापन गर्नुपुग्यो यो नै अचम्म लाग्दो विषय बन्न पुगेको छ ।

पुस १६ को विपीको राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा जहाँ भए पनि उपस्थित हुने सबै नेपालीले आफू स्कुलको कार्यक्रममा सहभागी भएको महसुस गरेका हुन्छन् स्टाफ कलेजको कार्यक्रममा उपस्थित भएको महसुस गरेका हुन्छन् । किनभने उक्त कार्यक्रममा अर्व सुरक्षा, प्रशासनलगायत राज्यका सबै तहका नेतृत्वमा पुग्न सक्ने विद्यार्थीले आफ्नो सोधपत्र प्रस्तुत गर्ने स्थानको रुपमा लिएका हुन्छन् र त्यहीअनुसार नै अध्ययन र अध्यापन कार्य पनि अगाडि बढ्छ । त्यस्तो स्कुलमा एउटा अपूर्ण कथा पारायणको तरिकाले जसरी कार्यक्रम दाङ कांग्रेसले सम्पन्न ग¥यो त्यसैमा मात्र कार्यकर्ताको दुःखेसो हो, गुनासो हो । आफ्नो पार्टीको लोकतान्त्रिक समाजवाद पूर्ण आदर्शको सुगन्ध थाहा नपाएर कहिले बुई चढाउँदै कहिले कसलाई बुई चढाउँदै लोकतन्त्रको सुगन्ध खोज्न भौँतारिरहेको देखिन्छ कांग्रेस ।

विपीको राष्ट्रिय मेलमेलापको नीति, किसुनजिको वार्षिको, सतवार्षिक यिनै सबैभित्र लुकेको सुगन्ध थाहा पाउन कहीँ कतै खोज्न जानु पर्दैन । मेलमिलाप नै एकता हो, मेलमिलाप नै सुगन्ध हो, मेलमिलाप नै एकता हो । राष्ट्रिय एकता हो भन्ने थाहा नपाएर कांग्रेस सुगन्ध खोज्न डाँडीरहेको छ । त्यस्तै राष्ट्रिय मेलमिलाप दिवसको औचित्व आवश्यता र सन्दर्भको बारेमा नेपाली कांग्रेसलाई जानकारी नभएकै हो त ? सन्सारले विपीको राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भलाई पढिसक्यो, औचित्य पुष्टि गरिसक्यो । कांग्रेसले त्यसको सुगन्ध थाहा नपाएर जंगलमा कस्तुरीलेबिना खोज्न भौँतारिए झैँ भौँतारिएको हो त ? सत्ता गठबन्धको नेतृत्व नेपाली कांग्रेसले गर्छ । उसैले गठबन्धनको नेतृत्व गरेको सरकारको पालामा अनेकौ घटना घटे, भ्रष्टाचार तस्करी र अनियमितता सम्बन्धी ।

राष्ट्रिय मेलमिलाप दिवसको पूर्व सन्ध्यामा नेपालमा अत्यन्त दुःखद घटना घट्यो । बालकुमारी हत्या काण्ड जुन घटना कोरियन भाषा पढेका र एक पटक परीक्षामा असफल भएका युवायुवतीले हामी असफल भएका विद्यार्थीलाई एक पटक परीक्षा दिने अवसर इियोस् । त्यो कुनै अपराध त थिएन नि ? रोजगारको लागि परीक्षा दिएर, पास भउर राज्यले तोकेको दस्तुर बुझाएर रोजगारीमा जान पाउने वातावरण मिलाईदे सरकार आफ्नो र पराई छुट्याइदे भनेर राखेको भाग आन्दोलन हुन्छ ? विद्रोह हुन्छ ? युवाहरु भरिनु कतिसम्म न्याय संगत हुन्छ ? यस विषयमा जनता नेपाली कांग्रेससँग जवाफ खोज्छन् किनभने गठबन्धन सरकारले नेतृत्व नेपाली कांग्रेसले गरेको छ । अनि नेपाली कांग्रेसलाई सोध्छन् विपीको राष्ट्रिय मेलमिलापको उद्देश्य यही थियो । जनता भन्छन् यदि नेपाली कांग्रेसले विपीको सिद्धान्तअनुसारको चरित्र प्रदर्शन गर्न सक्दैन भने छोडिदेउ विपीको समाजवादको नारा लगाउन, छोडिदउ विपीको मेलमिलापको दिवस मनाउन ।

जनता आफ्ना नेताको सम्झना आफै गर्छ, आफै मनाउँछन् । किसुनजि र विपीको स्मृति कै अवसरमा नेपालमा घटेको बालकुमारी हत्याकाण्ड प्रकरण लोकतन्त्र र नेपाली कांग्रेसको सन्दर्भमा सुहाउने विषय हैन । यस्तो ज्यादति त अधिनायकवादमा हुन्छ तानासाही शासन व्यवस्थामा हुन्छ । यति कुरा बुझ्दा बुझ्दै पनि नेपाली कांग्रेस किन कि कर्तव्य विमुढ बनिरहेको छ ? लक्षविहीन गन्तव्यमा हिडिरहेको छ ? जनताले यसको जवाफ खोजिरहेका छन्, लोकतान्त्रिक शब्दको अर्थ खोजिरहेका छन् । विपीको राष्ट्रिय मेलमिलापको नीतिले कही मेलमिलापको नाममा कही धोती र टोपीको नाममा विभेद गराएको छ ।

विपीकै राष्ट्र राष्ट्रिय नीतिको नेपाली कांग्रेसलगायत मुलुकले परिभाषा र व्याख्या गरेकै दिन नेपालमा टोपी र धोतीको पहिचान र महत्व भन्दै एउटै समुदायमा फरक–फरक पहिचानमा नागरिक किन उपस्थिति भए ? कतै हामीले टोपी मात्र हाम्रो धोती विदेशीको भनेका छौ हामीले ? हामी थाहा पाउँछौ हाम्रा बाबुबाजेले पवित्रवस्त्रको रुपमा धोती लगाएको पूजा आजा र भोजन गर्दाका बखत धोती पहिरिने प्रच्लन हाम्रो संस्कारमा थियो । त्यस्तै अन्र्तराष्ट्रिय जगतमा नेपाली भनेर चिनाउने बस्त्र हिरपोस(टोपी) के सीमित समुदायको मात्रै हो ?

सरकार कै कारण लोकतन्त्रको नाममा विपीकै राष्ट्रिय मेलमिलाप दिवस मनाइरहँदा धोतीको पहिचान नेपाली समुदायभन्दा बाहिरको पहिचानको रुपमा कसरी माइतीघरमा प्रदर्शन हुन पुग्यो ? नेपाल सरकारले जसरी गणतन्त्र र धर्म निरपेक्षताको नाममा नेपाल सरकारले नेपाली शब्दकोष ओम र श्री हटाउने जुन दुषप्रयास ग¥यो । त्यस्तै नेपाली संस्कृतिमाथि अतिक्रमण हुने क्रममा नेपालमा यस्ता विखण्डनवादी प्रवृत्तिका घटनाहरु क्रमिक रुपमा घटिरहेका छन् । यी सबैखाले सांस्कृतिक अतिक्रमणबाट नेपालीलाई घाटा हुन्छ, नेताहरुलाई सत्ता सञ्चालकहरुलाई केही घाटा हुँदैन । किनभने उनीहरु त आफ्नो धर्म, संस्कृति कला साहित्य सबै बेचेर भए पनि आफू सत्तामा बस्न र शासक बन्न चाहन्छन् । यी सबै घटनाहरु नबुझेर राजनैतिक दलले घटाए जसको कारण नेपालको वर्तमान राजनीति नै धरापतर्फ उन्मुख हुँदै गइरहेको छ ।

किनभने हाम्रा ठुला राजनीतिज्ञलाई न त राष्ट्र राष्ट्रियताको माया छ, न त धर्म संस्कृति कला साहित्यको माया छ । उनीहरु संगत केवल जनता लडाउने, जनता भिडाउने र आफूले पाएसम्म राज गर्ने चाहना मात्र छ । धर्म भनेको कुनै एउटा धर्म विशेष मात्र होइन, नेपालमा धर्मको रुपमा जहाँ–जहाँ जुन–जुन पहिचानका स्थल तथा निर्माण गरिएकन कला मूर्ति तथा आकृतिहरु जो–जो जहाँ–जहा छन् तिनी सबै आ–आफ्नो स्थानमा सम्मानपूर्वक सुरक्षित हुनुपर्छ । राष्ट्रको धर्म हुँदैन भनेर अप व्याख्या गर्नेहरु त ती राष्ट्रद्रोही हुन, धर्मको नाममा नागरिकको लडाई गराएर आफू तमासे बन्ने राज्यद्रोही पनि हुन् जसलाई न त नेपाल राष्ट्रको माया छ, न त राष्ट्रियताको माया छ ? विपीको राष्ट्रिय मेलमिलापको कार्यक्रम भनाइरहँदा आएको धोती र टोपीको अलग–अलग रुपमा पहिचान दिने झलकको बारेमा नेपाली कांग्रेसले किन चासो राखेन ? के नेपाली कांग्रेस विपक्षी सबैले स्वीकारेको अन्तर राष्ट्रले समेत मानेको विपीको राष्ट्रिय मेलमिलापको दिवसलाई के भनेर प्रस्ट्याउन खोजेको हो ?