शान्तिका लागि प्रहरी

युवराज शर्मा
नेपाल बुद्ध जन्मेको देश हो । जुन देशमा विश्वको सर्वोच्च शिखर एभरेष्ट (सगरमाथा) छ । शान्तिका अग्रदूत गौतम बुद्ध, जसलाई सिद्धार्थ गौतम बुद्ध भन्छन् । उनी एउटा मानव हुन् । जसले ज्ञान प्राप्त गरेका थिए । यस्ता महाहानवको जन्मभूमि नेपालमा शान्ति कायम गर्ने प्रहरीहरु छन् तर उनीहरुले शान्ति व्यवस्थापन गर्न सकेका छ्रैनन् । हुनत् उनीहरुको मूलमन्त्र सत्य सेवा सुरक्षणम हो । उनीहरु चाकरी, चापलुसो र चुग्लीमा समय बिताउँछन् ।
नयाँ प्रविधिहरु प्रहरीहरुले अपनाउन सकेका छैनन् । प्रहरी सेवा व्यवस्थित गर्न २०१२ सालमा नीतिनियमहरु बने । लोकतन्त्र आयो तर गयो पनि । गनतन्त्र आयो तर तिन तहका सरकार बने । स्थानीय, प्रदेश र संघीय सरकार भए । प्रहरी सेवामा नयाँपन दिन सकेको पाइन्न । राणा–कालदेखि चल्दै आएका प्रविधि र विद्यार्थीमा प्रयोग गर्छन् । हुनतः वर्तमान समयमा पढेलेखेको शैक्षिक योग्यता भएका प्रहरीहरुको संख्या धेरै छ । तैपनि उच्चपदमा पुराना प्रहरीहरुबाट नयाँपन आउन सकेको छैन । उनीहरु पनि चाकरी प्रवृतिबाट बढुवा भएको पाइन्छ । यसले प्रहरी सेवाको प्रवृत्तिमा सुधार हुन सकेको छैन् ।
नेपालमा धेरै आन्दोलनहरु भए । जसमा राणा शासन विरुद्धको आन्दोलन प्रजातन्त्रको स्थापना को आन्दोलन, २०१६ सालमा राजा महेन्द्र शाहबाट पञ्चायती व्यवस्था स्थापना ,२०४६ सालमा पञ्चायती व्यवस्था हटाउन आन्दोलन, २०६५ सालमा राजा हटाउन आन्दोलन,२०५२ सालदेखि माओवादीले मच्चाएको द्वन्द्वले थला पारेको नागरिकलाई शान्ति कायम गरेको, निर्वाचनहरु पनि शान्ति कायम गरेको,राजनीति गर्ने दलीय नेताहरुलाई पनि सुरक्षा प्रदान गरेको, प्रहरीहरुको कर्तव्य मात्र बढेको हँुदा कर्तव्य पालनामा ज्यान पनि गुमाएको जस्ता कार्यहरुले गर्दा प्रहरीलाई कार्य सम्पादनमा बाँधा पुगिरहेको अवस्था छ ।
उनीहरुलाई गणतन्त्रमा आइपुग्दा पनि आन्दोलनकारी वर्गलाई भीउ नियन्त्रण गर्ने तालिम छैन । पुरानै प्रकृतिका कार्यशैलीहरु कमाण्डरले अपनाउँछन् । प्रहरीहरु चेन आयु कमाण्डमा चल्ने हुदाँ जस्तो आदेश उस्तै काम गर्ने गर्छन् । त्यसको उदाहरण बनेको छ बालकुमारी काठमाडाँैको दुई युवाहरुको हत्याकाण्ड । जसले राष्ट्रमा तरउ, फैलायो । शान्तिका लागि प्रहरी असफल भयो । गाउँदेखि सहरबजारमा बस्ने नागरिकले भन्छन्– प्रहरीका लागि शान्ति कायम गर्ने प्रभावकारी भूमिका भएन । सरकारले गणतन्त्रमा प्रहरीको कार्यशैलीमा गणतन्त्रात्मक भावनालाई ल्याउन सकेन । उनीहरुले पुरानै शैलीमा काम गर्छन ।
नागरिकले सरकारको खराब कामको विरोध गर्ने र असल कामको प्रशंसा गर्छन् । उनीहरुलाई मौलिक अधिकार छ । संविधानले पनि सुनिश्चित गरेको छ तर सरकारले नागरिकको विरोध सुन्ने वित्तिकै प्रहरीलाई नियन्त्रन गर्न लगाउनु प्रतिशोधको भावना राजनीतिक दलीय स्वार्थ सिद्ध गर्न नेतृत्व वर्गले प्रहरीको बल प्रयोग गर्ने गरेको देखिँदै आएको छ । गणतन्त्रमा सरकारसँग धेरै शक्ति हुन्छ त्यसमा अग्रपंतिमा प्रहरीहरु पर्छन् । सरकारले प्रहरी र नागरिकबिचमा द्वन्द्व सिर्जना गराएको नागरिकको बुझाई छ । प्रहरीले सदैव शान्तिका लागि कमाण्डरको भूमिका खेल्ने हो ।
प्रहरी राष्ट्रसेवक हुन् राष्ट्रमा प्रहरीको महत्व हुन्छ तर गणतन्त्रात्मक सरकारले प्रहरीलाई महत्वहिन बनाउने गर्छ । दलीय स्वार्थका लागि प्रहरीलाई परिचालन गर्ने र जवाफदेही बन्नु परेमा प्रहरीलाई कार्यबाही गरी सजाय दिने जस्ता कार्यशैली सरकारले गर्न सुहाउँदैन । नेतृत्व वर्गको कमजोरी ठहर्छ । तसर्थ गृहमन्त्रालय र उसका निकायहरुले प्रहरीलाई दिने आदेश समयानुकूल हुनुपर्छ । अन्यथा पछि पछुताउनु पर्छ । प्रहरीको सेवा नै सत्य सेवा सुरक्षणम् भएपछि उनीहरुको कार्यशैली पनि लोकतन्त्रात्मक बन्नु पर्ने थियो । उनीहरुका अनुसन्धानात्मक कार्यहरुलाई दलीय नेतृत्व वर्गले कमजोर बनाउनु राम्रो होइन ।
विश्वमा नेपाल प्रहरीको अनुसन्धान सत्यमा आधारित भएको छिमेकि मुलुकले स्वीकार्छन् । महत्व दिन्छन् । अहिले नेपालमा सुन तस्करी, ललिता निवास जग्गा प्रकरण, वाइडवडी जहाज, गिरीवन्धु ट्रस्टको जग्गा, भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्धा जस्ता थुप्रै काण्डहरुको अनुसन्धान प्रहरीबाट भएको थियो । यस्ता काण्डहरुमा सरकारका पूर्व गृहमन्त्री बालकृष्ण खाँड पनि जेलमा बसे तर नेपाली कांग्रेसको शक्तिका कारण धरौटीमा छुटे । अनुसन्धान कार्यमा खटेका प्रहरीलाई सरुवा गरेर सरकारले प्रहरीको मनोवल घटाई दियो । गणतन्त्रमा सरकार शक्तिशाली हुन्छ भन्ने बलियो शासकको आधार बन्यो । त्यसो कार्य गरेको पाइयो ।
राष्ट्रको सेवामा काम गर्दा पनि सरकारका निकायबाट प्रहरी सेवाको महत्वलाई हेरिएको छैन । प्रहरीको कार्य तत्परता र अग्रसरतालाई बिर्सन सकिन्न । गाउँघरमा हुने झैझगडा र महिला हिंसामा प्रहरीले पु¥याएको शान्ति कायम गराउने कार्यलाई बिर्सन सकिन्न । जहाँ गणतन्त्रवादी नेताद्वारा अन्तरकलह धेरै मच्चाएका हुन्छन्, त्यहाँ प्रहरी पुग्छन् र शान्ति कायम गर्छन् । गाउँलेहरु भन्छन्– प्रहरी नागरिकका लागि बलियो सहयोगी र निश्पक्षी हो । हुनतः कतिपय प्रहरी देखेर गाउँले डराउँछन् । उनीहरुको डर पनि प्रहरीको चरित्रमा निर्भर हुन्छ ।
प्रहरीले गाउँलेसँग गर्ने व्यवहारले उनीहरुको चरित्र उदाङ्गिन्छ । आफ्नो कमजोरी आफै महसुस गर्छन् । प्रहरी चरित्रवान हुनुपर्छ । मानवीय व्यवहार अपनाउनु पर्छ । प्रहरी सरल, शिष्टता, नम्रता र संयमता अपनाउनुपर्छ । आवेशमा आएर कमाण्डर आक्रोशित बन्नु हुँदैन । धीरता, संयमता र समयको अवस्थालाई हेरेर प्रहरीलाई निर्देशन कमाण्डरले कमानमा गर्नुपर्छ । शान्तिका लागि प्रहरी हो भन्ने ज्ञान, सिप र धीरता अपनाउनु पर्छ ।