तेक्वान्दोमा नेपाललाई ११ स्वर्ण पदक

हिमाल विश्वकर्मा
दाङ,१९ पुस । भारतको नयाँ दिल्लीमा सम्पन्न इन्डो–नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ११ जना नेपाली खेलाडीले स्वर्ण पदक जितेका छन् ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै दाङको तुलसीपुरस्थीत आई.बि.एस. तेक्वान्दो डोजाङ र द राईजिङ स्टार तेक्वान्दो डोजाङबाट सहभागी भएका खेलाडीहरुले प्रतियोगितामा उत्कृष्ठ खेल प्रदर्शन गर्दै ११ स्वर्ण पदक जित्न सफल भएका हुन ।

तेक्वान्दो प्रशिक्षक भीमलाल विश्वकर्माको नेतृत्वमा नयाँ दिल्ली पुगेका खेलाडीहरु बमबहादुर बिकले सिनियर मास्टर लेबल पुम्से सिगलमा स्वर्ण पदक जित्न सफल भएका हुन । त्यसैगरी तेक्वान्दो खेलाडी राजेन्द्र बिकले पुम्से सिगल सिनियर समुहमा स्वर्ण, सोयब बिकले पुम्से जुनियर पियर समुह र निर्मला ठाडा मगरले जनियर समुह पियरमा नेपालाई स्वर्ण पदक दिलाउन सफल भएका हुन ।

त्यसैगरी सार्थक बिसीले ४८ केजी तौल समुहमा स्वर्ण, प्रसिद्ध बस्यालले ४५ केजी तौल समूहमा स्वर्ण, दुर्गा भण्डारीले ५४ केजी तौल समुह, जीतबहादुर चन्दले ५८ केजी तौल समुह, प्रेम बोहराले ७४ केजी तौल समुह, जीवन रावतले ३८ केजी तौल समुह र सुरेश नेपालीले ६३ केजी तौल समुहमा स्वर्ण पदक जितेका हुन ।