सामन्तीको भारी कम्युनिस्टले बोकिसके 

मधुसूदन सुवेदी
हिजोसम्म नेपालका कम्युनिष्टहरुले आफ्नो वकालत गरी रहँदा के भन्थे नेपालका गैर कम्युनिष्ट जति सबै सामन्द सामन्दवाद, पूँजीवाद, दलाल, नोकर शाह र यथास्थितिवादी हुन् भनेर खोइरो खन्थे । आज नेपालका कम्युनिष्टहरु कहाँ पुगे ? हिजोका पूँजीवाद आज पूँजी छैन । हिजोको सामन्तवादसँग आज सामन्ती छैन । हिजो दलालसँग आज दलला छैन । हिजोको नोकर शाह आज नोकर छैन । हिजोका यथास्थितिवादसँग आज कुनै यथास्थिति छैन ।
अर्थात् हिजोका सामन्ती भन्नेहरु आज धनका कारणले, तनका कारणले, मनका कारणले, जनका कारणले, डनका कारणले, गनका कारणले वा अनेकौ कारणले पछि–पछि हेरिरहेका छन् र कमजोर बन्दै छन् तर नेपालका कम्युनिष्टहरुलाई हेर त ? सारा सब उसैमा निहित छ । नेपालको इतिहासको काल खण्डमा चुनाव जिते पनि, हारे पनि, धेरै सोर लाए पनि, थोरै सोर ल्याए पनि सरकारमा जानै पर्ने । सरकारमा जानको लागि साम, दाम, दण्ड र भेद चारै नीतिको पालना गर्नैपर्ने । आफू ठूलो हुनैपर्ने । गलामा हजारीको र सयपत्रीको माला हुनैपर्ने । निधारमा सीम्रिक, सिन्दुर, अबिरले पोत्नै पर्ने । गलामा दोसल्ला झुण्ड्याउनै पर्ने सडकमा चिल्ला गाडी हुनैपर्ने गल्लीमा सडकमा आफूले भजन गाउनै पर्ने । आलीसान महल हुनैपर्ने । दायाँ बायाँ सुरक्षा कवज हुनैपर्ने ।
सर्वहारा पार्टीको हालत हेर हुँदा–हुँदा सत्ता र पदको भ¥याङ चढ्न उनै सामन्तवादीसँग घाँटी जोड्नै पर्ने । आफ्ना लागि जे वादी भए पनि ठिक जनताका लागि आफ्नो वाद मात्र ठिक । कस्तो चरित्र हो ? यो देशका कम्युनिष्ट यतिबेला राजाभन्दा पनि यहाँ राजा, अति राजा, अचम्मको राजा, बेजोडको राजा, विचित्रको राजा बनेका छन् । यिनलाई के हो भन्न नहुने । गाली ग¥यो जनताको मुखै थुन्ने । खाने खोज्यो पेटमा पटुका बाध्न दिने लगाउन खोेज्यो आडै देखाउन नदिने । रोजगार खोज्यो घरबाट निस्किनै नदिने । सामाजिक सञ्जालमा गाली गर्ने सामाजिक सञ्जाल नै बन्द गरी दिने । कत्रो तागत ? कत्रो हिम्मत ? कत्रो साहस ? कत्रो जोस ? कत्रो जागर ? त्यस्ता कम्युनिष्ट विश्वका कुनै कुनामा छन् । बडो अचम्मको कुरा त के छ भने जो व्यक्तिवादस्तुतिको परम शत्रु थियो । आज हो स्वुति, वन्दना प्रार्थना, पुकाराबिना बाँच्नै सकेको छैन ।
यस्ता कम्युनिष्टहरुलाई के भन्ने । हिजो शब्द जनता, देश, मुलुक र राष्ट्रवादको मात्र भारी बोकेको र भविष्यमा पनि त्यही भारी बोक्ने कसम खाएका कम्युनिष्टहरुले आज आफ्नो भारीबिच बाटो मै फालेर अर्काको भरिया बन्दै छन् । आजका नेपालका कम्युनिष्टले जनतालाई जवाफ दिन सक्छन् ? उनले लागएको कपडा कसको भारी हो ? उनले दैनिक प्रयोग गर्ने शब्द कसको भारी हो ? उनी दैनिक बिताउने दिनचर्या कसको भारी हो ? उनले गर्ने दैनिक भ्रष्टाचार कसको भारी हो ? उनी दैनिक जाने मन्दिर कसको भारी हो ?
उनी दैनिक चढ्ने गाडी कसको भारी हो ? उनले भर्ने दैनिक पेटको अन्नको परिकार कसको भारी हो ? उनले खोज्ने दैनिक मान र सम्मान कसको भारी हो ? उनको फोटो, मूर्ति, शालिक, भजन, किर्तन कसको भारी हो ? उनले पुज्ने देवी देवताका आकृति फोटा, तस्विर, मूर्ति, प्रतिमूर्ति कसको भारी हो ? उनी बस्ने पदीय कुर्सी कसका भारी हो ? सारा भारी अर्काको बोकेर भरियाले मालिकका कुरा गर्ने ? आफू नै पेट पाल्न आफू नै कुर्सी जोगाउन, आफू नै पद जोगाउन, आफू नै परिवार पाल्न, आफू नै मोजमस्ती खोज्न अर्काको भरिया बन्नेले देश र जनता सोच्न सक्छ ? जनताले सोध्यो र नेपालका कम्युनिष्टहरु हो ।
तिम्रो हिजोको पिँठुको भारी खै ? जवाफ के दिन्छन् ? सार्वजनिक मञ्चमा आएर उभिएर यसको जवाफ दिने हैसियत नेपाली कम्युनिष्टहरुको छ ? अर्काको भरियाले देश सिँगार्छ ? आज माओवादीको सत्ता सर्वत बन्दै छ । थाहा छ ? हिजोको सामन्तवादी पार्टीसँग पानीमा चिनी घुलेकै घुलेर सबैले पिउने सर्वत बनिरहेको छ । यतिबेला उसको भारी खै ? आफू भारी बोक्नु पर्दैन ? सामन्तीको भारी बोकेर सामन्तवादको भरिया बनेर वैज्ञानिक समाजवादको कुरा गर्ने यथास्थितिवादीको भरिया अग्रगामीहरुलाई मार्ने सपना देख्ने ? आफ्नै कुम्लो कथरो जोगाउन नसक्नले यो देशको माटो जोगाउन खोज्ने ? साच्चिकै रुपमा भन्ने हो भने नेपालका कम्युनिष्टहरु अति सामन्त्वाद, महा सामन्तवाद र दलला र पूँजीपतिको रक्षक भइसक्यो । अब हिजोको जस्तो म यस्तो म उस्तो म यस्तो गर्छु, म त्यो गर्छु भनेर जनतालाई आकर्षण गर्ने दिन गए ।