नेपाल प्रेस युनियनको महिला बिभाग बिस्तार

दाङ,१६ पुस । नेपाल प्रेस युनियनको केन्द्रीय महिला बिभाग बिस्तार भएको छ । युनियनका केन्द्रीय अध्यक्ष शिब लम्सालले उपाध्यक्ष सलोजा दाहालको संयोजकत्वमा रहेको महिला बिभाग बिस्तार गरेका हुन् ।

जसअन्तर्गत केन्द्रीय उपमहासचिव सुलोचना गौतम, कमला हमाल, सुशीला बेल्बासे, बालिका सिवाकोटी, आत्मा गुरागाईँ, सुशीला रेग्मी, दीपा आले, पवित्रा गुरागाईँ र सिर्जना नेपाल महिला बिभागको सदस्य चुनिएका छन् ।

नेपाल प्रेस युनियनले गठन गरेका विभिन्न विभागहरुको बिस्तार गरिरहेको छ । अध्यक्ष लम्सालका अनुसार महिला पत्रकारहरुको पेशागत सुरक्षाका लागि युनियनको महिला बिभागले सकृय रहेर काम गर्ने छ । साथै महिला पत्रकारहरुको सशक्तिकरणका लागि अभियान थालनी गर्ने उदेश्यले यो बिभागको गठन गरिएको अध्यक्ष लम्सालले जानकारी दिए ।

‘महिला पत्रकारहरुको पेशागत तथा भौतिक सुरक्षामा केन्द्रीत रहेर महिला बिभागले काम गर्ने छ’ अध्यक्ष लम्सालले भने ‘साथै महिला पत्रकारहरुको सशक्तिकरणको अभियान थालनी गर्ने लक्ष्य महिला बिभागको हो ।’ महिला पत्रकारहरु उत्पादनका लागि पनि बिभाग सकृय भएर लाग्ने युनियनले जनाएको छ ।

विभिन्न प्रशिक्षण मार्फत महिला पत्रकारहरु उत्पादन गरेर पत्रकारीता क्षेत्रमा महिला पत्रकारहरुको सहभागीता बढाउने रणनीति युनियनले लिएको अध्यक्ष लम्सालले जानकारी दिए । ‘सक्षम र मूलधारमा रहेर लामो समय देखि पत्रकारीता गरिरहेका सक्षम युननियनका महिला नेतृहरुको सहभागीतामा महिला बिभाग गठन गरिएको छ,’ अध्यक्ष लम्सालले भने ‘महिला पत्रकार उत्पादन गरेर पत्रकारीता क्षेत्रमा महिलाहरुको सहभागीता बढाउने अभियान युनियनको हो ।’