टेकबहादुर पुन
लमही,१२ पुस । देउखुरीको लमहीमा दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव संचालन हुने भएको छ ।
लमही चेम्बर अफ कमर्सले महोत्सब सञ्चालन गर्न थालेको हो । माघ ५ गते देखि २० गतेसम्म लमहीस्थित जैविक विविधता ग्रीन पार्कमा महोत्सव सञ्चालन गरिने लमही चेम्बर अफ कमर्सका अध्यक्ष सितल भुषालले जानकारी दिएका छन् ।
महोत्सवमा एक सय सयभन्दा बढी स्टलहरु राखिने छ । जसमध्य स्थानीय उद्यमीलाई प्रोत्साहन स्वरुप २० वटा स्टल कृषीका लागि छुट्टाईएको छ ।
स्थानीय उत्पादन सामाग्री र खाद्य बस्तुलाई प्राथमिकता दिईने आयोजकको भनाई छ । साथै स्थानीय कला संस्कृतीको जगेर्ना गर्न महोत्सबको तयारी थालिएको लमही चेम्बर अफ कमर्सका महासचिब केशब अधिकारीले जानकारी दिएका छन् ।
महोत्सबमा बिद्यार्थीहरुलाई कलातर्फ उत्प्रेरित गर्न बिद्यालयबिचको नृत्य प्रतियोगिताको आयोजना गरिने महोत्सब ब्यबस्थापक बिनोद बुढाथोकीले बताए ।
साथै महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको सहभागीता रहने र बाल उद्यान, पिङ लगाएतका रहनेछन । महोत्सव अवधिभर करिब एकलाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ । महोत्सबमा एकसय रुपैया टिकट दर कायम गरिएको छ ।
जसमध्य जेष्ठ नागरिक, अपांगता भएका ब्यक्तिलाई कार्डको आधारमा पुरै छुट र बिद्यार्थीको हकमा ८० रूपैया दर कायम गरिएको बिहिवार लमहीमा पत्रकार सम्मेलन गरि जानकारी गारईएको हो ।