ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलको ३० औं बार्षिकोत्सव

दाङ,१२ पुस । दाङको घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलले आज बिहिबार एक कार्यक्रमको आयोजना गरी आफ्नो ३० औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एवं घोराही उपमहानगरपालिकाका शिक्षा समिति संयोजक एवं वडा नम्बर १ का वडाध्यक्ष राममणी पाण्डेयको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि पाण्डेयले शिक्षा क्षेत्रको बिकासका लागि देशको सवै क्षेत्रको बिकासका लागि समय सापेक्ष शिक्षा ऐन निर्माण र त्यसको कार्यान्वयन जरुरी रहेको बताएका हुन ।

देशमा अहिले पनि २०२८ सालमा बनेको शिक्षा ऐन कार्यान्वयनमा रहेको र त्यसले समय सापेक्ष शिक्षाको बिकास गर्न नसकेको बताए । राज्य सञ्चालकहरुको उदासिनका कारण देशको शिक्षाको बिकास प्राथमिकतामा नपरेको गुनासो गर्दै उनले देशको बिकासका लागि अव नयाँ शिक्षा ऐन कार्यान्वयनको बिकल्प नभएको बताएका थिए ।

शिक्षा क्षेत्रको बिकासका लागि निजी विद्यालयहरुले निकै योगदान गरेको भन्दै सवैको सहकार्य र सहयोगबाट शिक्षित समाज निर्माण लागि लाग्नु पर्नेमा जोड दिएका थिए । शिक्षा क्षेत्रको बिकासका लागि सरकारी र निजी शिक्षा भनेर बिभेदको खाडल सिर्जना गर्नुभन्दा उनीहरुको समन्वयमा परिणाममुखी काम गर्नुपर्ने बताएका हुन ।

विद्यालयका शिक्षक दिनेश पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरीले जिल्लामै अनुकरणीय काम गरेर नाम बनाउन सफल ज्योतिपुञ्जले गाउँतहमा शिक्षाको बिकासका लागि महत्वपूर्ण काम गरेको बताए । अहिले सवै अभिभावकले आफ्ना सन्ततीलाई कसरी राम्रो, समयसापेक्ष शिक्षा दिने भनेर खोजिरहेको अवस्थामा त्यसको परिपूर्ति ज्योतिपुञ्ज स्कुलले गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल शिव भण्डारीले विद्यालयले गरेका गतिबिधिलाई समेटेर बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गंगा माध्यमिक विद्यालय रामपुरका प्रधानाध्यापक शशिधर उपाध्याय, नवचेतना शैक्षिक बोर्डिङ स्कुल रामपुरका बुद्धि धिताल लगायतकाले ज्योतिपूञ्ज नयाँ ब्यवस्थापनका साथ सञ्चालन भएको छोटो समयमै समय सुहाउँदो शिक्षा दिएको भन्दै आगामी दिनमा अझ सशक्त ढंगले अघी बढ्न शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलिया, प्रिन्सिपल बुद्धिराज अधिकारी लगायतकाले बोलेका थिए ।

कार्यक्रममा विद्यालयमा आफ्नो छोराछोरीलाई नियमित रुपमा पठाउने, छोराछोरीको गृहकार्यको नियमिततामा ध्यान दिने, अतिरिक्त क्रियाकलापहरुमा अग्रसर हुनका लागि प्रेरित गर्ने, अभिभावक अन्तरक्रियामा नियमित रुपमा सहभागी भइ विद्यालयलाई अमूल्य सल्लाह सुझाव दिनुहुने अभिभावकहरु मध्येवाट वर्ष उत्कृष्ट अभिभावक बिधामा निर्मला तामाङ, वर्ष उत्कृष्ट स्वस्थकर खाजा पठाउने अभिभावक बिधामा लब्लीराम शर्मालाई सम्मान गरिएको छ ।

साथै विद्यालयको ३० औं वार्षिकोत्सवको अबसरमा अभिभावक बिचमा भएको कुर्सी दौड प्रतियोगितामा प्रथम हुने पुष्पा पौडेल द्वितिय हुने प्रतिक्षा अधिकारी र तृतीय हुने दिव्या नेपाली र शिक्षकहरुबिच भएको घंैटा फोड प्रतियोगितामा प्रथम हुने सारदा भुसाललाई पुरस्कार बितरण गरिएको थियो ।

यसैगरी विद्यालयमा सबैभन्दा कम विदा लिई नियमित रुपमा विद्यालयमा हाजिर हुने शिक्षक सुनिता थापा र गत शैक्षिक बर्षमा कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । यसैगरी विद्यालयमा प्रिपाइमेरी तहमा उत्कृष्ट हुने दिब्या पौडेल, कक्षा १ देखि ५ सम्म उत्कृष्ट हुने सोनिया अधिकारी र कक्षा ६ देखि ८ सम्म उत्कृष्ट हुने गौरव पोख्रेललाई पुरस्कार बितरण गरिएको थियो ।

यसैगरी नियमित विद्यालयमा उपस्थित हुने बर्ष उत्कृष्ट विद्यार्थी विधामा बिपिशा चौधरी, मोस्ट हाइजेनिक विद्यार्थी बिधामा अनिष्का डाँगी, अनुशासति विद्यार्थी बिधामा सुर्दन चौधरी, अग्रेजी भाषा प्रवर्धन गर्ने विद्यार्थी विधामा इसिका केसी, बर्ष उत्ृकष्ट विद्यार्थी विधामा सुसन बस्नेतलाई समेत सम्मान तथा पुरस्कार बितरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीका दुइ दर्जन बढी गीत, गजल, कविता, नृत्य, नाटक प्रस्तुत गरिएको थियो । पहिलो चरणको कार्यक्रमको सहजिकरण विद्यालयका कोर्डिनेटर मदन घिमिरेले र दोस्रो चरणको कार्यक्रमको सहजिकरण विद्यार्थीहरु सन्ध्या खनाल र गौरव पोख्रेलले गरेका थिए ।