तुलसीपुर,१२ पुस । तुलसीपुर उपमहानगरपालिका–१ मा रहेको बीरेन्द्र माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन भएको छ ।
विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको विहीवार भएको भेलाले कक्षा ९ मा अध्ययनरत छात्रा हिरा अधिकारीको अध्यक्षतामा १५ सदस्यीय जुनियर रेडक्रस सर्कल गठन गरेको हो ।
सर्कलको उपाध्यक्षमा दीक्षा सुनार, सचिवमा अंकुस वुढाथोकी, सहसचिवमा अशोक चौधरी, कोषाध्यक्षमा दिपा पुन र सहकोषाध्यक्षमा विक्रमबहादुर विक रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक संरक्षक रहेहका छन् । उक्त सर्कलको शिक्षक नायकमा मानबहादुर बुढा र शिक्षक उपनायकमा टेकुकुमारी जैशी भएका छन् ।