प्रिया स्मृती गजमेर
देउखुरी, १२ पुस । लुम्बिनी प्रदेशसभाका सदस्य प्रचण्डविक्रम न्यौपानेले विपतको समयमा पीडितलाई आवश्यकता पर्ने सामग्रीको पहिचान गर्न सक्नुपर्ने बताएका छन् ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले लमहीमा आयोजना गरेको विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यको स्थानीयकरणका लागि लुम्बिनी प्रदेशस्तरिय बहु–सरोकारवालाविच आयोजना गरेको कार्यशाला कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य न्यौपानेले जोखिमपूर्ण क्षेत्रमा विपतका लागि आवश्यक पर्ने सामग्रीको पहिचान गर्न सक्नुपर्ने बताएका हुन । तिनै तहका सरकारले वजेट विनियोजन गर्दा समयको पनि ख्याल गरेर वजेट ल्याउन सके विपतका जोखिमलाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताएका हुन ।
कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपतका बेला नगरपालिकाले धेरै महत्वपूर्ण काम गरेको बताए । मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले लमहीमा आयोजना गरेको विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यको स्थानीयकरणका लागि लुम्बिनी प्रदेशस्तरिय बहु–सरोकार वालाविच कार्यशाला कार्यक्रममा बोल्दै प्रमुख चौधरी स्थानीय सरकारले विपतका बेला आफुसंग भएका सिमित स्रोत साधन प्रयोग गरि उद्दारका कार्य गर्दै आएको बताएका थिए ।
विपत जतिबेला पनि आउन सक्ने भन्दै नगर प्रमुख चौधरीले विपतका बेला उद्दार तथा राहत कार्यमा प्रदेश सरकारले सहयोग गर्नु पर्ने बताउनु भयो। राप्ती नदीमा फसेका, डुबेका, सडक अबरुद्द भएर अलपत्र परेका मानिसलाई लमही नगरपालिकाले उद्दार गरि गन्तव्यमा पुर्याएको कुरालाई स्मरण गर्दै नगर प्रमुख चौधरीले उद्दारका सामाग्री प्रयाप्त नभएको बताएका थिए ।
नगर प्रमुख चौधरीले भने,‘चाहे त्यो हिउँद होस्, चाहे वर्खाको समय होस् । हाम्रो विपत शाखा हाई अलर्टमा रहेको हुन्छ, हरेक वडामा विपत समिति समेत गठन गरेका छौं, ति समितिका प्रतिनिधि संग हामीले कहाँ के भैरहेको छ भन्ने बारे सूचना लिई रहेका हुन्छौं ।’
लमही घोराही सडकमा पहिरो गैर अबरुद्द भएका बेला रातिसम्म नगरपालिकाको जेसिवी प्रयोग गरेर बाटो सुचारु गराउनेदेखि लिएर राहत उपलब्ध गराउनेमा पनि लमही नगरपालिकाले उल्लेखनिय काम गरेको प्रमुख चौधरीले बताएका थिए ।
मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङका अध्यक्ष निर्मला गौतम रेग्मीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका सांसद प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको विशिष्ट आतिथ्यतामा भएको थियो । संस्थाका कार्यकारी निर्देशक प्रदीप मज्गैयाँले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केपी घिमिरेले गरेका थिए ।
त्यसैगरी लुम्बिनी प्रदेश गृह मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले विपतको समयमा पुर्व तयारीको क्षेत्र निकै शसक्त हुन् आवश्यस्क रहेको बताउनु भयो। अझै पनि हाम्रो देशमा पुर्व तयारीको पाटो धेरै कम्जोर छ, यो कुरामा ध्यान दिन जरुरी छ भने व्यवस्थापनको पक्ष पनि उस्तै छ यो बारेमा सबैले ध्यान दिन जारी छ’– उहाँले भन्नु भयो ।
कार्यक्रममा निड्स नेपाल कंचनपुरका बिनोद कदरा, केयर नेपालका मान बहादुर डाँगी, वि ग्रुप बाँकेका अध्यक्ष टक बहादुर पुन लगायतले विपतका बारेमा जानकारी गराउनु भएको थियो । देउखुरीका चार वटा पालिकाका प्रमुख, उपप्रमुख, विपत शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।