कलेजो प्रत्यारोपनका लागि सहयोग गरिदिन आग्रह

गोरक्ष समाचारदाता
दाङ, ७ पुस । घोराही उपमहानगरपालिका–१५ निवासी तुलाराम वलीले उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् । लिभर सिरिजसम्बन्धी बिरामी वलीले घरको आर्थिक अवस्था कमजोर रहेको भन्दै उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका हुन् ।

चिकित्सकको सल्लाह अनुसार जतिसक्यो चाँडै लिभर प्रत्यारोपण गर्नु पर्ने भएको र त्यसका लागि आपूmसँग पैसा नभएकाले सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । ‘उपचारका क्रममा भएको पैसा सकियो, लिभर ट्रान्सप्लान्टका लागि अस्पतालले ४० लाख रुपैयाँ लाग्ने भनेको छ’, पत्रकार सम्मेलनमा बिरामी वलीले भने, ‘त्यो पैसा आपूmसँग नभएकाले उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गर्दछु ।’

काठमाडौं स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले जति सक्यो चाँडै लिभर प्रत्यारोपण गर्न सके बिरामी राम्रो हुने र ढिलाइ गर्दा थप समस्या हुने भएकाले समयमै उपचार गर्नु पर्ने अवस्था रहेको उनले बताए । ‘अस्पतालले जति सक्यो चाँडै पैसाको व्यवस्था गरेर लिभर ट्रान्सप्लान्ट गर्ने भनेको छ ।

त्यसका लागि श्रीमती र जेठानले मिले अनुसार दिन तयार रहेका छन्’, उनले भने, ‘प्रत्यारोपणका लागि घरपरिवार, आफन्त र साथीभाइसँग करिब १५÷२० लाख रुपैयाँ जुटाउन सक्ने अवस्था रहे पनि त्योभन्दा माथि नसक्ने भएकाले बाँकी रकम सहयोग गरिदिन सबैलाई आग्रह गर्दछु ।’ उनले उपचारमा सहयोगका लागि मोबाइल नम्बर ९८४७९६०२०४ र ग्लोबल आइएमई बैंकको घोराहीमा रहेको खाता नं. ०४१०७०१०००१०९० मा पैसा जम्मा गर्न सकिने उनले बताएका छन् ।