मुखमा रामराम बगलीमा छुरा

युवराज शर्मा
नेपालको राजनीति हेर्दा धेरै उतारचढाव छ । यस्तो वातावरण बन्नु राजनीतिज्ञहरुको कर्म हो । उनीहरुले यस्ता कर्महरु २००७ सालदेखि गदै आएका छन् । आफ्नो स्वार्थ देखाउँछन् । आफ्ना छोराछोरीको भविष्य सपारी दिएका छन् । उनीहरुलाई विदेशी शिक्षण संस्थाहरुमा पढाउँछन् उनीहरुको पढाइले राष्ट्रलाई दिने योगदान देखिन्न । गरिब र विपन्न परिवारका छोराछोरीहरुले सामुदायिक शिक्षण संस्थाहरुमा पढ्छन् । जहाँ पढाइ राम्रो छैन । शिक्षामा संस्थाहरुको भौतिक व्यवस्था राम्रो छैन ।

कस्तो विभेद हो ? भनिन्छ देशमा संघीय लोकतान्त्रीक गणतन्त्र व्यवस्था छ । यसले लोकतान्त्रीक वातावरण तयार गर्ने हो । यसका कार्य क्षेत्रमा काम गर्ने दलका नेताहरु नै छन् । जो दलगत अगुवाको आर्दशवान बन्नु पर्ने हो, तर हुन सकेको छैन । उनीहरुमा स्वार्थी भावना बढ्दो छ । अहिलेका चर्चामा आएका भुटानी शरणार्थीहरुको काण्ड, ललिता निवासको जग्गा हडपेको काण्ड, पशुपतिनाथमा चढाइएका जलहरी सुन काण्ड नै हुन् । यस्ता काण्डहरुका मुल नाइकेहरुलाई प्रहरीले बुझेका छन् तर नेपालका प्रहरी स्वतन्त्र संस्था छैन ।

गृह मन्त्रालयको मातहमा छ । यदि नेपाल प्रहरी स्वतन्त्र संस्था भएको भए पानीमुनी लुकेका अगराधीहरुलाई पकड्न सक्ने क्षमतावान भए तापनि शितलता अपनाउनु परेको छ । वास्तमा ठुलामाछा पक्राउनु पर्ने भए पनि कर्मचारीहरुलाई पकडेर थुनुवामा राखेको थिए । पूर्व गृहमन्त्री बालकृष्ण खाँड पकडेर थुनुवामा थिए । उनी आफ्नै कान्छी पत्निबाट फसेका हुन् । त्यसकारण उनले बयान नखेलेको सरकारी वकिलले भन्छन् ।

वर्तमान समयमा दलका अगुवाहरुमध्येबाट धेरै अगुवा नेताहरुका पत्नि,छोराछारी समेत धन कमाउने गरेर धन्दामा भएको रहस्य देखियो । यसका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठको साहसलाई तारिफ गर्नैपर्छ तर अपराधीहरुले सजाय नपाउदासम्म विश्वास गर्न सकिन्न । नेपाल एउटा मनसुनले बर्षा हुने देश हो, जहाँ मनसुनले अपराधीहरुलाई चोखाइन्छ । भोलिका दिनहरुमा अपराधीहरु चोखिनु हुन्न । यसले ठुलालाई चय सानालाई ऐन लागु हुनु हुँदैन । ज्ञान हराएपछि काँशी जानु, न्याय हराएपछि गोर्खा जानु भनाइ सावित गराउनु पर्छ । तबसम्म राट्रका सच्चा दलका नेताहरु सफल हुन्छन् । उनीहरु नागरिकका सेवक बन्छन् । कुनैपनि नेता बन्न सकेनन् ।

अहिले नेपाल आर्थिक संकटमा छ भन्छन् अर्थ विशेषज्ञहरु । नेपालका बैंकहरु पनि धनपैसा कारोवारमा कमजोर भएको सुनाउँछन् । बैंकले निस्काशन गरेका नोटहरु बैंकमा नै फिर्ता आउनुु पर्दथ्यो तर यस्तो अवस्थामा कमजोर बन्यो । नेताहरुका कोठामा बोराका बोरा पैसाहरु ओसारपसार भएको काण्डहरुले झल्कायो । भ्रष्टाचार र अनियमितता धेरै बढ्यो ।संघीय लोकतान्त्रीक गणतन्त्रको अवस्था पनि संगठनात्मक लुटिखाने लुटतन्त्रमा परिभाषित भयो । परिवर्तनको नाममा पारिवारिक तन्त्रमन्त्र बन्यो । मै खाउँ मै लगाउ म नै भोजसयल म नै गरु भन्ने भावना नेताहरुमा बढ्यो । जबसम्म भ्रष्टनेताहरुलाई पाखा नलगाएसम्म नेपाललाई एउटा भ्रष्टाचार मुक्त देश भन्न सकिन्न । नेपाली नागरिक धेरै गाउँमा बस्छन् । उनीहरुको संख्या धेरै कम छ ।

अधिकांश किसानका छोराछोरीहरु विदेश पलायन भइरहेका छन् । उनीहरु भन्छन् नेपालमा युवायुवतीहरुका लागि काम गर्ने अवसर छैन । खेतीपाती गरौं भने समयमा पैसा तिर्दा पनि रासायनिक मल पाइन्न । यस्तो वातावरण बर्सेनी छ । यसतर्फ कृषिमन्त्रीको ध्यान जान्न । सरकारले सिधै किसानलाई मल दिन्न । सहकारीमा खरिद गर्न जानुपर्छ तर मल आउनु पूर्व बिक्री भइसकेको पाइन्छ । किसानले विचौलियाबाट महंगो खरिद गर्नुपर्छ । यस्तो अवस्था भएपछि कसरी खेतीपाती गर्ने ? यो नै समस्याको बाधक अवस्था हो । सहकारीमा किसानहरुको लागत छैन । कुन किसानलाई कति रासायनिक मल चाहिने हो ? त्यस्तो लागतका आधारमा मलको बिक्री अवस्था सहकारीहरुले गर्नुपर्छ । तबमात्र किसानहरुले मल पाउने छन् । अन्यथा मल पाउने आधार हुन्न र युवायुवतीहरु विदेश पलायनमा छन् । बाँझो जमिन उर्वर बनाउने छन् ।

देशमा स्वरोजगारको वातावरण बनाउनु पर्छ । रोजगारको वातावरण बन्ने थियो । कृषि व्यवसायलाई युवामुखि बनाउनु पर्ने थियो । त्यसतर्फ सरकारको ध्यान पुगेको छैन । यदि पुगेको भए रासायनिक मल पैसा तिरेर पनि पाउन सक्दैनन् । सरकारको यस्तो कार्यले गर्दा युवाहरु निराशमा छन् । उनीहरुको साहस र उत्साहलाई सरकारले ध्यान दिएको छैन । राणा शासन, प्रजातन्त्र, पञ्चायती हुँदै गणतन्त्रमा देश पुग्यो । अहिलेसम्मको शासकीय यात्रामा नागरिकले शासकहरुको शासन अनुभव गरे अनुभूति पनि गरे तर गणतन्त्र शासनमा भुष्या नेताहरु धेरै भएको जनताले देख्न पाएका छन् ।

गणतन्त्रको राजनीतिमा पनि नेताहरु शासक बन्दा रहेछन् । उनीहरुमा सेवा भावभन्दा स्वार्थ भाव देखियो । पुराना दलहरुको मै खाउँ मै लगाउको नीति देखियो भने मुखमे राम–राम बगलीमे छुराको कार्यशैली देखियो । घरका पत्नी छोरा र आफु पनि बदनाम हुनुप¥यो तर बदनामलाई आर्शिवादको रुप देखाए । राजनीति पनि लाजनीति हुँदो रहेछ । बदनाम पनि आर्शिवादको पुस्कार बन्दो रहेछ । यस्तो ज्ञानको विकास नेपालका अधिकांश नेताहरुले गर्दा रहेछन् भन्ने सन्देश जनताले पाएका छन् । त्यसैले होला धेरै नेताहरुले निर्वाचनमा उम्मेदवार हुने अवसर पनि अपराधी प्रवृत्तिका तस्कर, व्यापारी, विचौलिया र गाउँघरका शोसकवर्गले मात्र स्थानमा पाउदाँ रहेछन् । त्यसकारण जनताहरुले भन्छन् । मुखमे राम–राम बगलीमा छुरा भएका नेताहरुको स्वभाव पाएका छन् । त्यस्ता नेताहरुलाई पाखा लगाउनु पर्छ भन्छन् ।