लकडाउनमा चोरीका घटनामा कमी

लिलाधर वली

दाङ,७ बैशाख । लकडाउनका कारण मानिसहरु घरमा बसिरहने भएपछि दाङमा चोरीका घटनामा कमि आएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अघिल्लो महिनाको तुलनामा चैत महिना चोरीका घटना ह्वात्तै घटेको छ ।

दाङमा चैत महिनामा ७ वटा मात्र चोरीका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएपी सुमित खड्काले जानकारी दिएका छन् । उनका अनुसार गएको फागुन महिनामा २४ वटा चोरीका घटना दर्ता भएका थिए ।

बिगतको तुलनामा लकडाउनको समयमा चोरीका घटना गरेको बताए । ‘लकडाउनको समयमा प्राय मानिस घरमा रहने भएको र प्रहरीको सक्रियता पनि बढेकाले जिल्लामा चोरीका घटनामा कमि आएको छ’,प्रवक्ता खड्काले भने,-‘ लकडाउनको समयमा पनि केही स्थान घर र बन्द रहेका पसलमा चोरी भएको छ,तेस्ता कार्यलाई प्रहरी सक्रिय छ ।’ उनले लकडाउनको समयमा चोरीका घटना हुन सक्ने भन्दै जिल्लाभर नै निगरानी समेत बढाएको बताएका छ्न् ।