दाङ,७ बैशाख । जेसीजको सचिवालयमा सुतेकालाई गन्तव्य स्थल पठाइएको छ । बस व्यवस्था गरेर उनीहरुलाई घरतर्फ पठाइएको हो । शनिबार राती करिब ११ बजे काठमाण्डौ र चितवनलगायत बिभिन्न ठाउँबाट घोराही आइपुगेका ४६ जना ब्यक्तिहरुलाई जेसीजको सचिबालयमा सुताइएको थियो ।
उनीहरुलाई आइतबार बिहान खाजाको ब्यबस्था गरी गन्तब्य स्थाल रोल्पा पठाइयो त्रिभुवननगर जेसीजका महासचिव मिनराज भाटले जानकारी दिएका छन । उनीहरुलाई रातको समयमा सुताउने,खाजा खुवाउने र रोल्पा पठाउने कार्यमा सहयोग गर्ने घोराही उपमहानगरपालिका , वडा न १५ का अध्यक्ष , चेम्बर अफ कमर्सको टिम , यातायात व्यावसायी भरतनाथ योगी,वडा प्रहरी कार्यालय , जिल्ला ट्राफिक प्रहरी कार्यालय, पत्रकारलगायतको सम्पुर्ण टिमलाई धन्यवाद समेत दिएका छन ।