दाङ, २५ मंसिर । घोराही उपमहानगरपालिका वडा नंम्वर १८ अम्वापुर निवासी बोल्न र सुन्न नसक्ने ४२ वर्षिया सुपारी नेपाली ११ दिनदेखी सम्पर्क विहिन हुनुभएको छ ।
यही मंसिर १५ गते माईत घोराही ९ ढिकपुर पोखरा जान भनेर हिडेको र माईतमा नपुगेर सम्पर्क विहिन भएकाले घरपरिवारले खोजी कार्यमा सहयोग गरिदिन सबैमा आग्रह गरेको छ ।
नेपालीका श्रीमानमा पनि बोल्न र सुन्न नसक्ने भएकाले आफन्तीहरुले खोजीकार्यलाई तिव्र बनाएपनि फेला पार्न नसकिएको बताएका छन् ।
घरबाट निस्किदा सुरुवाल कुर्ता माथि गुलावी रंगको स्वीटर लगाउनु भएकी गहुगोरो वर्णकी नेपालीलाई फेला पार्ने जोकोहीले आफन्तीहरु ओमबहादुर नेपालीको मोबाईल नंम्वर ९८६४७२९५०४ र सन्तोष नेपालीको मोबाईल नंम्वर ९८४१५०२४९२ मा फोन गरेर वा नजिकैको प्रहरी चौकीमा जानकारी गराएर सहयोग गरिदिनुहुन परिवारको आग्रह छ ।