पार्कमा राष्ट्रियता झल्काउने स्तम्भको उदघाटन

शिवराज खनाल
दाङ,२४ मंसिर । लमहीमा रहेको जैविक विविधता पार्कमा राष्ट्रियता झल्काउने उद्देश्यले निर्माण गरिएको स्तम्भको उद्घाटन गरिएको छ ।

देउखुरी मोबाइल ब्यबसायी संघले सस्थाको लोगो र राष्ट्रिय झण्डासहितको स्तम्भ निर्माण गरेको थियो । उक्त स्तम्भ शनिवार एक कार्यक्रमको आयोजनागरी उद्घाटन गरिएको हो । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लमही नगरपालिका ५ का अध्यक्ष ओमप्रकाश सुवेदी ‘सागर’ले देउखुरीको मुटुमा रहेको लमहीको जैविक बिबिधता पार्कलाई सबैले साझा सम्पत्तिको रुपमा लिएर विकासमा लाग्नुपर्ने बताए ।

देउखुरी उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष केशव पोख्रेलले छोटो समयमै विकास भएको पार्कको थप विकासका लागि सवैले ध्यानदिनुपर्ने बताए । उनले सामाजिक कार्यमा सवैका साथ र सहयोग आवश्यक रहेको समेत बताए । संघका अध्यक्ष बिजय सिहं ठकुरीले जैविक बिबिधता पार्क भित्रै स्तम्भ राख्नुको कारण पार्कलाई सौन्दर्यीकरणमा सहयोग गर्ने उद्देश्यले राखिएको बताए । उनले यो क्षेत्र सबैको साझा भएको भन्दै साझा क्षेत्रको विकासका लागि राष्ट्रिय झण्डासहितको स्तम्भ निर्माण गरिएको हो । सस्थांको बारेमा जानकारी देउखुरी मोबाइल व्यावसायी संघका सस्थांका सस्थापक अध्यक्ष भिमप्रसाद भुसालले गराएका थिए ।

लमही जेसीजका केशवदिपक शर्मा, नेपाल पत्रकार महासंघक जिल्ला सदस्य शिवराज खनालले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । संघका सदस्य लालमणी भुसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका कानुनी सल्लाहकार भानु जोशीले गरेका थिए । साथै संघले नवनिर्वाचित देउखुरी उद्योग बाणिज्य संघका कार्यसमितिलाई बधाई ज्ञापन समेत गरेको थियो ।