नेकपा अध्यक्षले मनोमानी ढंगले राहत बाँढेको आरोप, कारबाहीको माग

शिवराज खनाल

लमही, बैशाख ६ । गढवा गाउपालिका वडा नम्बर ८ कोइलाबासमा वडा स्तरीय कोरोना भाइरस बिपद् ब्यबस्थापन समन्वय समितिले वडा भित्र नेकपाका वडा नम्बर ८ अध्यक्षले एकद्वार प्रणाली बिपरित राहत बितरण गरेको भन्दै असन्तुष्टी जनाएको छ । शनिबार एक प्रेस बिज्ञप्ति मार्फत समितिले वडा अध्यक्षलाई कारबाहीको माग समेत गरेको छ ।

‘कोभिड १९का कारण नेपाल सरकारले देशभर लकडाउन गरेको अबस्थामा जिल्ला प्रशासन कार्यलय दाङले स्थानीय तहमा राहत बितरण गर्दा स्थानीय सरकारसंग समन्वय गरी बिपन्न बर्गलाई राहत बितरण गर्न निर्देशन गरेता पनि नेकपाका वडा नम्बर ८ अध्यक्ष अब्दुल खालिक सिद्दिकीले वडासंग समन्वय नै नगरी आफ्नो मनोमानि ढङ्गले राहत बितरण गरेकोमा समितीको ध्यानाकर्षण भएको’ वडा नम्बर ८ का नेकपाका वडा अध्यक्ष सद्दाम सिद्दिकीले हस्ताक्षर गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘प्रशासन कार्यालयबाट पटक पटक यसरी गरिएको राहत बितरण कार्य रोक्न भने पनि अटेर गर्दै समितिसङ्ग समन्वय नै नगरी निरन्तर आफ्नै मनोमानी ढंगबाट बितरण गर्दै सामाजिक संजालमा राहत बितरण भन्दै फोटो पोस्टिदै ‘जति प्रतिबन्ध गरेपनी जति कडाइ गरेपनी डोर टु डोर राहत बितरण’ भनि स्ट्याटस निजका आफन्तिको फेसबुक बाट पोस्ट गर्दै गरेकोले यसरी आफ्नै मनोमानीले वडा कार्यलयसङ्गको बिना समन्वय बितरण गर्ने अब्दुल खालिक सिद्दिकी प्रती यस वडाको वडा स्तरिय कोरोना भाइरस कोभिड १९ समन्वय समितिबाट घोर भर्सना गर्दै कार्बाहिको लागि सबै सरोकारवालाको ध्यनाकर्षण गराउँछ’ बिज्ञप्तिमा भनिएको छ ।
साथै उक्त बिज्ञप्तिमा जिल्ला प्रसासन कार्यलय दाङ र गढवा गाउँपालिकाको गाउँ कार्यपालिकालाई बोधार्थ दिइएको उल्लेख छ ।

सद्दाम सिद्दिकी गढवा गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा वडा स्तरिय कोरोना भाइरस बिपत ब्यबस्थापन समन्वय समितिका संयोजक पनि हुन ।