कसरी हुनसक्छ प्रभावकारी भिडियो कन्फेरेन्स ?

विभव पोख्रेल

लकडाउनका कारण घरमै बसेर काम गर्नुपर्दा भिडियोकल एउटा महत्वपूर्ण माध्यम बनेको छ । प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुसंग भिडियोकल मार्फत संवाद गरिरहेको समाचारहरु आइरहेका छन् । अन्य निकाय र संस्थाहरुले पनि आजकल यस्तो अभ्यास गर्दै आएका छन् । सार्क स्तरीय राष्ट्रप्रमुखहरुको बैठक पनि भिडियोकलका माध्यमबाट भएको थियो ।

अहिलेको समयमा मानिसले भिडियोकलको महत्व बुझेर यसको प्रयोगको संस्कृति विकास गरिरहेको छ । प्रबिधिको विकासले दिएको उपहारका रुपमा भिडियोकल मार्फतको बैठकहरुको प्रयोग हुँदै गर्दा यसलाई प्रभावकारी बनाउने सन्दर्भमा पनि सोच्नु पर्ने हुन्छ । भिडियोकलका पनि केही नियमहरु हुन्छन् । ती नियमहरुको पालना गरेर अलीबढी प्रभावकारी बनाउन सकिन्छ । यस्तै केही नियमहरुको यहाँ चर्चा गर्न खोजिएको छ ।

भिडियो अन गर्नु सधै आबश्यक हुँदैन । अडियोले मात्र पनि कुरा गर्न सकिन्छ र गर्नुपर्छ । किनकी भिडियोले हाम्रो गोपनीयतालाई हानी पुराउन सक्छ । भिडियो कलमा धेरै जानाले भिडियो शेयर गर्दा धेरै इन्टरनेट डेटाको खपत हुन्छ र कनेक्सनको समस्या आउँछ ।

आफ्नो बोल्ने पालो नआएको बेलामा माइक्रोफोनलाई म्युट गरेर राख्न सकिन्छ । जसले गर्दा आवाजहरु एकै पटक आउने र नबुझिने समस्या झेल्नु पर्दैन ।

अरु कोही व्यक्ति बोलिरहँदा कुनै पनि तरिकाले उसलाई हस्तक्षेप गर्न हुँदैन । अर्थात उसले आफ्नो कुरा टुङ्ग्याएपछि मात्र आफ्नो कुरा राख्ने गर्नुपर्छ ।

भिडियोकलको प्रयोग गर्दै छलफल गर्ने बेलामा सबैभन्दा पहिले सहभागिहरुको परिचय खुलाउनु पर्दछ ।

आफ्नो उपस्थिति वा अनुपस्थितिको जनकारी गराउँनु पर्दछ ।

भिडियोकलको अबधीभर पुर्वनिर्धारिध कुराकानीको बिषयमा मात्रै सिमित हुनु पर्दछ ।

यदी तपाईले भिडियो कन्फेरेन्सको सञ्चालन आफै गर्दै हुनुहुन्छ भने नियमित प्रतिक्रिया माग्नु पर्दछ ।

यदी तपाईले कल रेकर्ड गर्दै हुनुहुन्छ भने सबैसंग त्यसका लागि अनुमति माग्नु पर्दछ ।

समयको पालनाको कुरालाई प्रबद्र्धन गर्नुपर्दछ ।

१० यदी तपाईले भिडियोकल कन्फेरेन्समा आफुलाई बिचवाट जोड्दै हुनुहुन्छ भने जतिसक्दो चाँडो आफ्नो परिचय दिनुहोस् । जसले गर्दा सबैजनाले आफ्नो कुरा निर्धक्क भएर राखुुन र तपाईंलाई देखेर नझस्किउन ।

११ यदी तपाईलाई भिडियोकलमा जोडिन ढिलो हुन्छ भन्ने थाहा छ भने शुरुमै सबैलाई जानकारी गराउनु होस् ।

१२ यदी कसैले ढिला आफुलाई सहभागी गराउँछ भने उसलाई संवादको अन्त्यमा मात्र उ जोडिनु भन्दा पहिलेको कुराबारेमा जानकारी गराउनु पर्दछ ।

१३ भिडियोकलमा सकेसम्म थोरै र एकदमै जरुरी व्यक्तीलाई मात्र सहभागी गराउनुहोस् । किनकी धेरै व्यक्ती भएभने ध्यान थोरै दिन्छन् ।

१४ आफुले केही भन्दा बिचबिचमा रुकेर भन्ने गर्नुहोस् । यसले गर्दा अरुले पनि तपाईको कुरामा प्रतिक्रिया दिन पाउने छन् ।

१५ भिडियोकल मार्फत हुने मिटिङमा सहभागी हुँदा मिटिङमा आफुले राख्नेकुराहरुको नोट बनाउनुहोस् र अरुले भनेको कुरा पनि टिप्नुहोस् ।

१६ भिडियोकल मार्फत हुने बैठकको समय पहिले नै निर्धारण गर्नुहोस् ।

१७ किन भिडियोकल मार्फत बैठक गरियो भन्नेकुरा सुरु र अन्त्यमा व्यक्त गनुहोस् ।

१८ सधै विदाई हुँदा नमस्त गरेर वा कुनै प्रकारको अभिभादन गरेर विदा हुनुहोस् ।

इ.यशस्वीराज श्रेष्ठ(सुवेक)को सहयोगमा