दाजुभाई मृत फेला
दाङ,५मंसिर । दाङमा दुई दाजुभाई मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ गाइडरमा घरको कोठाभित्र दुई दाजुभाई मृत फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना निवासी ३३ बर्षीय पूर्णबहादुर बस्नेत र उनका भाई ३० बर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।
गाइडरस्थित टेकबहादुरको डेरा कोठामा दाजुभाई मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक नवचन्द्र मल्लले जानकारी दिएका छन । मृत पूर्णबहादुरकी श्रीमती रोल्पाबाट राती मात्रै दाङ आईपुगेको र प्रहरीले अब उनीहरु मृत भेटिएके ढोका खोल्ने जनाएको छ ।
‘पूर्णबहादुरकी श्रीमती तिहार मान्न रोल्पा गएको र उहाँले म आएपछि मात्रै ढोका खोल्न भन्नु भएको थियो’, मल्लले भने,‘उहाँ राती आईपुग्नु भएको छ, अब हामीहरुले ढोका खोलेर घटनाको अनुसन्धान गर्ने छौँ ।’ उनका अनुसार उनीहरु मृत भेटिएको कोठाभित्र बिषादीको गन्ध आईरहेकाले दुबै दाजुभाईले बिष सेवन गरेको हुन सक्ने आशंका गरिएको छ ।
यसअघि पनि उनीहरुले बिष सेवनको प्रयास गरेको पनि प्रहरीलाई आफन्तीहरुले जानकारी दिएका छन् । गएराती बन्द कोठामा रहेका दुबै दाजुभाईलाई घरबेटीले बोलाउन खोज्दा नबोलेपछि घरबेटीले झ्यालको सिसा खोलेर कोठाभित्र हेरेका थिए । त्यो बेला दुबै जना मृत अवस्थामा भुईमा पल्टिएको फेला परेको प्रहरीले जनाएको छ ।