calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

आमाको प्रहारबाट शैशवास्थामै गुमिन ‘इभान्सिका’

टेकबहादुर पुन
देउखुरी, २५ कार्तिक । ‘इभान्सिका’ एक अबोध शिशु, संसार देखेको १६ दिनमा आफ्नै आमाको निसानामा परिन् । आमाले घाटीमा रोपिदिएको धारिलो चाकुको दुखाइ जेनतेन १४ दिन सहिन तर अपसोच छुराको दर्द लामो समय सहन सकिनन् । अन्ततः विहीवार राति शैशवावस्थामै देह त्याग गरिन्, लमही नगरपालिका–७ कप्तानगञ्ज निवासी शिवप्रसाद चौधरी र निरम चौधरीको कान्छी छोरी ‘इभान्सिका’ ।

बिडम्बना उनी यो संसारमा आएको ३० दिनमै आँखा चिम्लिएकी छिन् । अर्थात् यो संसारबाट बिदा लिएकी छन् । उनै शिशु हुन्, केही दिन अघि आफ्नै अर्धचेत आमाको चाकु प्रहारबाट घाइते भएकी थिइन् । गत कार्तिक ८ गते आफ्नै आमाको हातबाट उनको घाँटीमा चाकु प्रहार भयो । त्यसबेला उनी मात्र १६ दिनकी थिइन् । चाकुबाट घाइते भएकी इभान्सिकालाई लमही, घोराही हुँदै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पु¥याइयो । यता आमालाई वडा प्रहरी लमहीले नियन्त्रणमा लियो । इभान्सिकाको आइसियुमा उपचार सुरु भयो ।

यता शिशुको आमा सुत्केरी निरम पनि एकोहोरो थिइन् । उनलाई देख्दा लाग्थ्यो उनीमा कमजोरी र केही मानसिक तनाव छ । निरम केही बोल्थिनन्, न केही जवाफ दिन्थिन् । आफैमा मानसिक बिरामी भएको हुनाले प्रहरीले उनलाई धेरै समय नियन्त्रणमा राख्न सकेन । नियन्त्रणमा लिएको अर्को दिन प्रहरीकै रोहवरमा निरमको पनि घोराही स्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार सुरु भयो । चिकित्सकले कमजोर मान्छे, बेथाले झनै कमजोर बनाएको बताए ।

आमा–छोरी दुवैको फरक–फरक स्थानमा उपचार चलिरहेको थियो । शिशु खतरामुक्त भनेर चिकित्सकले बताइसकेका थिए । बिडम्बना शिशुको उपचारका लागि भनेर आफन्तीले ऋण कर्जा गरी पठाइदिएको ९५ हजार अस्पतालबाटै चोरी भयो । शिशुका अङ्कल सुमनका अनुसार आफू यता–उता हिँडडुल गरिराख्नु पर्ने भएकाले पैसाको ब्याग आमासँग थियो ।

चोरले कसरी चो¥र्या ब्यागसँगै हरायो । उपचारका लागि भनेर पठाएको पैसा पनि हराएपछि उपचारमा कठिनाइ आइलाग्यो । आर्थिक समस्या भएपछि आमा–छोरी दुवैको उपचारका लागि प्रहरीले आर्थिक सहयोगको अभियान नै चलायो । लमही–७ का वडाध्यक्ष तथा नगर प्रवक्ता मोहन गिरी र देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजङ्गसिंह ठकुरीको नाममा संयुक्त खाता सञ्चालन गरी सहयोगको अभियान चल्यो ।

यो अभियानलाई जनप्रतिनिधि, संघसंस्था, उद्योगी, व्यवसायी सबैले साथ दिए । खातामा एक लाख जम्मा भएपछि परिवारलाई हस्तान्तरण गरियो । अभियानको उद्देश्य थियो, उनलाई बचाउनु तर ‘इभान्सिका’ लाई मृत्युले रोज्यो । उनलाई आमाको न्यानो काख चाहिन्थ्यो । पोषिलो आहारको आवश्यकता थियो । विभिन्न आवश्यकताबाट शिशु वञ्चित हुन पुगिन् । डिस्चार्जको बेला पनि चिकित्सकले अर्धचेत आमासँग शिशुको दूरी कायम गर्न सल्लाह दिए । सोही अनुरूप घरसल्लाहमा उनी राप्ती गाउँपालिका स्थित माइतीघर गइन् ।

घटनाले आमाको काखबाट छोरीको दूरी टाढा बनाइदियो । असोज २३ मा जन्मिएर कार्तिक २३ गते लमही स्थित तुलसी सेटललाइट अस्पतालमा उनको मृत्यु भयो । आफ्नै जन्मदिनमा शिशुले प्राण त्यागिन् । ८ गतेको घटनाले टाढा बनेको दूरी सधैँका लागि टाढा भइदियो । चिकित्सकलाई उदृत गर्दै अक्सिजन कम भएर शिशुको मृत्यु भएको उनका बुवा शिवले बताए । ‘खानपिन राम्रै चल्दैथियो, एक्कासी पेट फुल्लियो, अहिले यस्तो भयो’, शिवले दुःखेसो पोखे । अहिले आमा निरमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । म्याद थप गरी थप अनुसन्धान चलिरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शङ्कर श्रेष्ठले बताए ।