Goraksha

National Daily

बंगलाचुली कपको उपाधि सप्तरङ्गी क्रिकेट क्लब फाँटालाई

मधुसुदन गिरी

कमिरेचौर,२४ कार्तिक । बंगलाचुली कप २०८० को उपाधि सप्तरङ्गी क्रिकेट क्लब फाँटाले जितेको छ ।

बंगलाचुली क्रिकेट विकास समन्वय समितिको आयोजनामा दाङको बंगलाचुली गाउँपालिकामा विहिबारदेखि सुरु भएको  युथ अफ बंगलाचुली कोरिया बंगलाचुली कप २०८० को उपाधि सप्तरङ्गी क्रिकेट क्लब फाँटाले जितेको हाे ।

प्रदेशस्तरीय खेल मैदान गढीलेकमा भएको फाइनल खेलमा केएस क्रिकेट क्लबलाई १७ रनको अन्तरले हराउदै उपाधि जित्न सफल भएको हो ।

शुक्रबार भएको फाइनल खेलमा टस हारेर ब्याटिङमा उत्रिएको सप्तरङ्गी क्रिकेट क्लब फाँटाले निर्धारित ओभरमा ६० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको के एस क्रिकेट क्लबले ९.४ ओभरमा सबै विकेट गुमाउदै  ४४ रन मात्र बनाएको  थियो ।

उक्त प्रतियोगितमा उत्कृष्ट खेलाडी सप्तरङ्गी क्रिकेट क्लबका खेलाडी छितिज खड्का घोषित भएका थिए । प्रतियोगितामा बंगलाचुली गाउँपालिकाभित्रका ६ वटा क्लबहरुको सहभागिता रहेको थियो ।

 प्रतियोगिताको विजेता टिमले नगद रु २० हजार ट्रफी, मेडल र प्रमाण–पत्र र उपविजेताले नगद रु १० हजार ट्रफी, मेडल र प्रमाण–पत्र र म्यान अफ द सिरिजले कप, मडेल र प्रमाण–पत्र पाएका छन ।

उक्त प्रतियोगितालाई प्रथम पुरस्कार युथ अफ बंगलाचुली कोरियाका हेमकुमार वली, निराजन महरा, सुरेश वली, किरण वली, चुमान बुढा, केशव वली, विपिन महरा, मधु वलीले गरेका थिए । यस्तै प्रतियोगितालाई सफल पार्न बंगलाचुली गाउँपालिका, बंगलाचुली गाउँपालिका वडा नम्बर ६, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसी, विक्रम डाँगी, केशब जिसि, मिनराज महरा, युवराज सुवेदी र विनोद डाँगीले आर्थिक सहयोग गरेका थिए ।

बंगलाचुली क्रिकेट विकास समन्वय समितिका अध्यक्ष हिमाल महराको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीको प्रमुख आतिथ्यतामा समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण बंगलाचुली क्रिकेट विकास समन्वय समितिका सचिव मधुसुदन गिरीले गरेका थिए ।