विनोद पोख्रेल
अनुभव र अनुभूति भावनामा प्रभाव पार्ने प्रमुख तत्व हुन् । त्यसकारण भोलीदेखि यस्तो गर्दैन भनेर प्रण त मैले गर्न सक्दैन । भोली के हुने हो, थाहा छैन । तर पनि आजवाट कोरोना परिबेशलाई सकेसम्म डायरीमा चित्रण नगर्ने मन बनाएको छुँ ।
मानिसको जीवनका धेरै आयाम छन्, धेरै पक्ष छन् । वर्तमान परिवेश पनि मानव जीवनलाई प्रभाव पार्न सक्ने एउटा पक्ष मात्रै हो । आजभोली दिन विताउन समस्या छ । यो मैले स्वीकार गर्नै पर्छ । एउटा अर्को शिक्षा पनि पाएको छुँ । बुहारी आफ्नो काममा विहानैदेखि व्यस्त हुन्छे । उसले आफुलाई सहयोग गर्न राखेकीलाई पनि यो परिवेशका कारण नआउन भनी । त्यसले उसको काम थपिएको छ । कतिपल्ट मलाई दिन विताउन अप्ठ्यारो भएको छैन भनेकी पनि छ । छोरो घरमा एउटा मात्र छ अहिले । उ पनि अनलाइनवाट पत्रिका चलाउछु भनेर लोगेकै छ । लगभग व्यस्त नै देखिन्छ । नातीहरु दुईवटा छन् । तर उनीहरु मैले अपेक्षा गरेजती मेरो नजिक आउँदैनन् । दुबै एसईईको तयारीमा छन् । या उमेर नै सायद जवान हुने Practice गर्ने उमेर हो ।
साथीहरुसंग बढी रमाउने, पढाई, खेलाई आदी तफए बढी आकर्षित हुने । अनी अली कर गरेर भनेपछि मात्रै घरको केही काम गरिदिने । हैन भने, बढी बाहिरनै सम्पर्क बढाउन प्रयास गर्ने । यो कुनै नियमको भरमा भनेको होइन । मात्र आफ्नो अनुभवको भरमा भनेको हुँ ।
मलाई कता कता उनीहरुम अली बढी अधिकार भए झै लाग्ने । यही परिबेशलाई सायद ‘जेनेरेशन ग्याप’ भनिन्छ । आफुभन्दा मथिल्लो पिँढीभन्दा तल्लो तहलाई बढी महत्व दिने, बढी मायाँ गर्ने कारण पनि हो कि ? यदी हो भने यो मनोेबिज्ञान उनीहरुमा पनि हुनु स्वाभाविकै हो । मैल मसंग बढी नजिक होउन, मलाई बढी समय देउन भन्ने महत्वाकांक्षा पाल्ने उनीहरु भने माथी भने जस्तै आफ्ना साथी र आफ्ना चाखको काम तर्फ बढी लाग्ने । यो अबस्था पनि स्वाभाविक हो । त्यसैले उनीहरुलाई धेरै दवाव दिनु पनि हुँदैन । मनोबिज्ञानमा दवाव दिने हो भने प्रतिसतको आधारमा धेरै प्रतिसत त्यसको परिणाम अनुचित वा नकारात्मक नै परेको हुन्छ । उनीहरु इलोक्ट्रोनिक माध्यमहरु(मोवाइल, ट्याव, टिभी आदी)मा साथीहरुसंग सम्पर्क गरेर, गेम खेलेर, मनोरञ्जन गरेर सजिलोसंग दिन कटाउन सक्छन् । कमसेकम मैले उनीहरुले सजिलोसंग दिन कटाएको झै मानेको छुँ ।
अप्ठ्यारो त उनीहरुले पनि महसुस गरेका होलान् । तर, मजती सायद गर्नु पर्दैन उनीहरुले । मेरो नजिक आउ भन्दा पनि केही न केही चाहिने वा नचाहिने कोमको निहुँ बनाउनु पर्छ । आजभोली फकाएर बढीमा एक घण्टा लुडोमा बित्छ उनीहरु संगसंगै बसेर । अरु बेला त ५ वा १० मिनेटमा काम भनौं कि निहुँ सकियो, फेरि अलग अलग । श्रीमतीको आफ्नै दैनिकी छ । उनी पहिले पनि घरमा एक्लै हुन्थिन । त्यसैले उनी अभ्यस्त पनि थिइँन् । केही उपाय त्यतिबेलाका अहिले पनि गर्छिन् । दिन बित्छ । दिन त मेरो पनि नवितेको कहाँ छ र ? तर मेरो विताईमा यी वा यस्तै अध्ययन पनि एउटा उपाय बनेको छ । मैले आफुले काखमा हालेर हुर्काएका नातीहरुसंग पनि मलाई दिन कटाउनमा मद्दत गर भन्न सक्दैन । यो पनि त जीवनको एउटा बास्तविकता हो ।