घोराही,२१ कात्तिक । साना किसान कृषि सहकारी सस्था रामपुरको २१ र्औ बार्षिक साधारणसभा गरेको छ । सहकारी सस्थाका अध्यक्ष किशोर पाण्डेयको अध्यक्षता तथा जग्गादाता कृष्णकिशोर घिमिरेको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा बोल्ने बक्ताहरुले आर्थिक बचतका माध्यमबाट साना किसानको जीवनस्तरमा परिवर्तन ल्याउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
साधारणसभामा कृषि सामाग्री कम्पनी घोराही शाखा प्रमुख टोपराज गौतम, साल्ट ट्रेडिङ लिमिटेड घोराही शाखा प्रमुख रामबाबुप्रसाद गुप्ता, सहकारी रोजगार तथा प्रबर्धन शाखाका प्रमुख प्रेम केसी, घोराहीउपमहानगरपालिका वडा नं. २ का अध्यक्ष चित्रबहादुर चौधरीलगायतले बोलेका थिए ।
साधारणसभामा सहकारी सस्थाका अध्यक्ष किशोर पाण्डेयले अध्यक्षको प्रतिबेदन, प्रबन्धक डिल्लीराज ज्ञवालीले आयब्यय प्रतिबेदन, र गिरिराज शर्माले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष कमला भट्टको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमका सहभागीलाई सहायक प्रवन्धक गिरिजा जोशीले धन्यावाद ज्ञापन गरेका थिए ।
साधारणसभाको सहजीकरण गुरुप्रसाद खनालले गरेका थिए । साधारणसभामा उत्कृष्ट ब्यबसायी २ जना र ८ जना जेष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो । त्यसैगरी २ जना उत्कृष्ट छात्रछात्रा, स्वच्छिक शेयर हस्तान्तरण गर्ने १ जना शेयर सदस्यलाई दश हजार नगदसहित सम्मान गरिएको थियो ।