calander

February 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728  

Goraksha

National Daily

मेरो खुशी : आफ्नो उत्पादन बजारमा ल्याउँदा …

रुकुमबाट उच्च शिक्षा अध्ययनको सिलसिलामा घोराही आएका विकास वली सुरुमा दाइले गरेको व्यवसायमा सघाउने काम गर्थे । घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा पढाइसँगै फुर्सदको समयमा पसलमा सहयोग गर्दै व्यावसायिक क्षेत्रमा धेरै कुरा सिक्न पाए । दाइले घोराहीमा किरानासम्बन्धी सामग्रीको घोराहीमा थोक विक्रेतासम्बन्धी काम गर्दै आएका थिए ।

पसलमा काम गर्दा गर्दै उनले धेरै मानिसको सम्बन्ध विस्तार हुँदै गयो, अब दुई भाइले एउटा पसल मात्रै होइन फरक–फरक गर्नु पर्छ भन्ने भयो तर गर्ने के भन्ने थिएनन् ? आपूmलाई ज्ञान भएको नम्किनसम्बन्धी नै हो । त्यो देउखुरी क्षेत्रमा उत्पादन हुने गरे पनि दाङतिर थिएन । दुई भाइको सल्लाह भयो, एक भाइले सामान बिक्रीसम्बन्धी पसल गर्ने र अर्काे उत्पादन मुलक क्षेत्रमा काम गर्ने ।

त्यही सोँचअनुसार आफैले लामो समय जिल्लामा डिस्ट्रिव्यूटर्सको काम गरेको दालमोठ जिल्लामै उत्पादन गर्ने ? त्यहीँ साँेचले वलीले करिब पाँच वर्ष अघि घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँमा करिब ४० लाख रुपैयाँ खर्च गरेर हिमालय फुड प्रोडक्सन कम्पनी स्थापना गरेर उत्पादन गर्न थाले । करिब १० वर्ष अर्काको उत्पादनलाई बजारमा बिक्री गरेका व्यवसायी वलीले २०७५ जेठ महिनामा आफ्नै उद्योगबाट उत्पादन भएको हिमालन नमकिन, स्मार्ट नम्किन, हिमाली फुरनदानालगायतका दालमोठका प्रकार उत्पादन गरेर बिक्री गर्दाको क्षण ठुलो खुसी भएको बताउँछन् ।

‘व्यवसायका क्षेत्रमा जोडिएकाले चिनजानकोसम्बन्धी बढ्दै गइरहेको थियो, त्यो बेला भैरहवाको उद्योगले उत्पादन गरेको सामग्री बिक्री गर्दै आएको थिए’, व्यवसायी वलीले भने,‘त्यसपछि मेरो भूमिका बदलियो, अरुको उत्पादन होइन, आफ्नै उद्योगको उत्पादन बजार ल्याउँदाको खुसी एकदमै आनन्दको छ, सम्झदा त्यो क्षण अहिले पनि मन खुसी हुन्छ ।’

बुवा वीरजीत वली र आमा अमृता वलीका पाँच सन्तानमध्ये कान्छो सन्तानका रूपमा रुकुम जिल्ला त्रिवेणी गाउँपालिका (साविक खारा गाविस ८) लाइत जन्मिएका विकासका दुई दाजु र दुई दिदी रहेका छन् । रोल्पा निवासी पूर्णिमा वलीसँग विवाह बन्धनमा बाधिएका वली दम्पतीबाट इभा र इलेस दुई सन्तान रहेका छन् ।

हाल घोराही उपमहानगरपालिका १३ को डुम्मर गाउँमा बस्दै आएका वलीले परम्परागत रूपमा किसान पसल, नमकिन उद्योगसँगै ग्रीलसम्बन्धी समेत काम गर्दै आएका छन् तर एक्लै सबै ठाउँमा भ्याउन समस्या भएपछि ग्रील उद्योग चलाउन गाउँकै एउटा भाइलाई जिम्मेवारी दिएको बताउँछन् ।

पढाइमा सानैदेखि मध्यम, खेलकुद र सामाजिक काममा रुची राख्ने वलीले गाउँकै श्री जनस्थापना प्राथमिक विद्यालयमा कक्षा १ देखि ५ सम्म, श्री अन्धनासक माध्यमिक विद्यालय खारामा कक्षा ६ देखि १०, त्रिवेणी उच्च माध्यमिक विद्यालयमा प्लस टु पास गरेपछि उच्च शिक्षाका लागि वली घोराही आएका थिए । एसएलसी दिँदाको एउटा रमाइलो अनुभूति छ वलीसँग । २०६४ सालतिरको घट्ना हो ।

तत्कालीन माओवादी र सरकारबिच शान्ति सम्झौता भइसकेको थियो, तर लामो समय रुकुममा सेना–प्रहरीबाट पीडित भएका जनता प्रहरी देख्दा पनि डराउने अवस्था थियो । त्यहीँ समयमा एसएलसी परीक्षा दिने अवस्था भयो । अन्य कक्षाका परीक्षाहरू गाउँमै भए पनि एसएलसी परीक्षाका लागि रुकुमको सदरमुकाम खलङ्गा जानु परेको थियो । परीक्षाको पहिलो अङ्ग्रेजी विषय भएकाले एक खालको डर थियो मनमा कसरी दिने भन्ने ? त्योभन्दा ठुलो त्रास भयो परीक्षामा सुरक्षाका लागि खटिएका प्रहरीलाई देखेर ।

लामो समयसम्म प्रहरीलाई देख्नेबित्तिकै भाग्नु पर्ने अवस्थाबाट गुज्रिएका हामी परीक्षामा पहिलो दिन नै प्रहरी देखेपछि परीक्षामा सहभागी २८ जना विद्यार्थी नै अङ्गे्रजीमा फेल भएको र पछि सबै जना पुरकबाट पास भएको उनी बताउँछन् । त्यसो पढाइमा मध्यम वली अमर वली र गुलावसिंह वली सरले राम्रोसँग पढाइमा ध्यान दिएपछि पहिलो वर्ष मै एसएलसी पास गरेको क्षण पनि आफ्नो खुसीको क्षण भएको उनी बताउँछन् ।

रुकुममा पहिलेदेखि नै खेलुकदका धेरै गतिविधि हुने गर्दछन् । हाम्रो ठाउँमा पनि हुने गर्दथे तर २०५२÷०५३ सालतिर माओवादी द्वन्द्व चर्किपछि हुन सकेको थिएन । शान्ति प्रक्रिया सुरु भएपछि प्रतियोगिता हुन थाले तर हाम्रो वडा प्रतियोगितामा सहभागी हुने गरेको थिएनन् । त्यसैले साविकको खारा गाविसको हाम्रो वडालाई खेलकुदमा पछाडि परेको वडाका रूपमा चिनिन्थ्यो ।

लामो समय प्रतियोगितामा सहभागी नभएको हाम्रो वडालाई २०६५ सालतिर एउटा टिम बनाएर खेलकुदका प्रतियोगितामा सहभागी बनाएर प्रथम पुरस्कार जित्दाको क्षण पनि अर्काे खुसीको क्षण भएको उनी बताउँछन् ।  उद्योग व्यवसायीहरूको हकहितसँगै सामाजिक क्षेत्रमा रमाउन चाहाने वली निर्वाचनका कार्यक्रममा सहभागी भए पनि आफूले भने प्रतिस्पर्धा गरेका थिएनन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको उद्योग सदस्यमा सर्वसहमत रूपमा चयन भएर व्यावसायिक नेतृत्वमा लागेका वलीले उद्योग वाणिज्य संघको यस पटकको निर्वाचनमा उम्मेदवार भनेर निर्वाचनको राम्रो अुनभूति लिने अवसर प्राप्त भएको बताउँछन् । ‘पहिले सर्वसम्मतमै भएकाले कसरी निर्वाचन लड्नु पर्छ भन्ने अनुभूति थिएन’, उनले कुराकानीका क्रममा भने, ‘यो मेरो पहिलो निर्वाचनको अनुभव थियो । पटक निर्वाचनमा व्यवसायीसँग कसरी घुलमिल हुने र भोट माग्नुपर्ने रहिछ भन्नेसम्म ज्ञान थिएन, यो निर्वाचनले निर्वाचनका बारेमा राम्रो ज्ञानसँगै अनुभव भयो ।

सायद त्यही कारण पनि होला निर्वाचनमा आफ्ना प्रतिस्पर्धीलाई ४ मतले पराजित गर्दै संघका सचिवमा निर्वाचित भए । त्यो पनि मेरो जीवनको अर्काे खुसीको क्षण हो ।’ व्यवसायिक हकहितसँगै उद्योग प्रबद्र्धनका लागि लाग्ने साँेचमा लागेका उनी सकारात्मक साँेच, लगनशीलता र निरन्तरताका कारण व्यावसायिक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने बताउँछन् ।

प्रस्तुती : लीलाधर वली