घोराही,२८ असोज । आजको युगमा बिज्ञानले जती फड्को मारेपनि अन्तमा मनुष्य जीवनका लागी चाहिने आध्यात्मिक ज्ञान नै भएको प्रमुख जिल्ला अधिकारी राम बन्धु सुवेदीले बताएका छन् ।
अम्बिकेश्वरी मन्दिरकोे स्वागतद्दार तथा भौतिक संरचना निर्माणको सहयोगार्थ आयोजित श्रीमद वाल्मीकि रामकथा नवाह महायज्ञको उद्घाटन कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले धार्मिक पक्षको महत्व भएको बताएका हुन ।
जिल्लाको धार्मिक एवं एतिहासिह पौराणिक अम्बिकेश्वरी मन्दिरमा लागेको महायज्ञको आयोजना गरिनुले सामाजिक सास्कृतिक पक्षलाइ पनि संरक्षण गर्ने भन्दै सामाजिक सद्भाव जगाउनकालागी पनि यसले ठूलो भूमिका खेल्ने बताएका हुन ।
सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले मन्दिर ब्यबस्थापन र संरक्षणका लागि महायज्ञले ठुलो भूमिका खेल्ने बताइन । धार्मिक क्षेत्रको विकासका लागि आयोजना गरिएको धार्मिक महायज्ञलाई सवै मिलेर सफल बनाउनुपर्ने बताएकी थिइन ।
कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक रबिन थापा, गोरक्ष राष्ट्रिय दैनिकका प्रकाशक सुलोचना गौतम , नारायणपुर उद्योग बाणिज्य संघका अध्यक्ष अभियान बस्नेत, प्रमुख बाचक कोमल उपाध्याय , अनुगमन मुल्यान्कन समितिका सदस्य लालचन्द्र बन्जाडेलगायतकाले बोलेका थिए । श्रीमद वाल्मीकि रामकथा नवाहा महायज्ञ मुल आयोजक समितिका संयोजक कुमुद पोख्रेलको अध्यक्षतामा भएको थियो ।

अनुगमन तथा मुल्यान्कन समितिका संयोजक भरतमणि अर्यालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण समितिका सचिव दामोदर भुषालले गरेका थिए ।
कार्यक्रमको उद्घाटन पूर्व घोराहीमा कलशयात्रा निकालिएको थियो । कलश यात्राले घोराही बजार परिक्रमा गर्दै महायज्ञ स्थल पुगेको थियो । कलस यात्रामा सहभागीलाई महायज्ञ मुल आयोजक समितिका संयोजक कुमुद पोखेलले धन्यावाद ज्ञापन गरेका छन। कलश यात्रामा थारू समुदाय , मगर समुदाय, आमा समुह, टोल बिकास सस्थालगायतका सहभागीता रहेको थियो ।
महायज्ञको मुल कर्तामा घनश्याम खनाल र शान्ता खनाल रहेका छन । साथै प्रत्यकेक दिन गङ्गा आरती गरिने पनि आयोजकले जनाएको छ ।धार्मिक महायज्ञको मुल बाचकमा पण्डित कोमल उपाध्याय रहेका छन् ।