शैलेश अधिकारी
दाङ,२८ असोज । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाइ समिति घोराहीले रक्तदान तथा दिप प्रज्ज्वलन गरेर स्थापना दिवस मनाएको छ ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसको २९ औं स्थापना दिवसका अवसरमा घोराही इकाइ घोराहीले आइतबार रक्तदान कार्यक्रमसंगै दिप प्रज्ज्वलन गरेको हो ।
रक्त संचार केन्द्र घोराहीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा धुर्व लम्साल, नवराज लामिछाने,लछिराम सार्की,भेषराज घर्तीमगर प्रकाश, धनबिर डागी, भीमबहादुर भण्डारी र प्रकाश केसीले रक्तदान गरेका थिए ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति घोराहीका अध्यक्ष परशुराम डागीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव धुर्व लम्सालले गरेका थिए ।
साथै अध्यक्ष डागीले रक्तदान कार्यक्रमसंगै दिप प्रज्जवलन कार्यक्रमका सहभागीलाई धन्यवादसंगै बिजया दशमी,तिहार र छठ पर्वको शुभकामना व्यक्त गरेका थिए ।