मावि सौडियारमा शिक्षक अभिभाबक संघको अध्यक्षमा कवर

दाङ, २६ असोज । घोराही उपमहानगरपालिका ७ सौडीयारस्थित मावि सौडीयारको शिक्षक अभिभाबक संघको अध्यक्षमा सोही ठाउँ निबासी लोकबहादुर कवर बद्रि सर्बसम्मत निर्बाचित भएका छन ।

विद्यालयमा भएको अभिभाबकहरुको भेलाले कवरको अध्यक्षतामा निर्बीरोध नयाँ कार्य समिती चयन गरेको हो । जस्को सदस्यहरुमा दुर्गा चौधरी, आशा चौधरी, लक्ष्मी नेपाली, खिमा घर्ति रहेका छन ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा घोराही ७ सौडियारका वडा अध्यक्ष खोपिराम चौधरीको प्रमुख आतिथ्यता एव घोराही उपमहानगर शिक्षा महाशाखाका शाखा प्रमुख नारायणप्रसाद पौडेल र शाखा अधिकृत घनश्याम वलिको बिशिष्ट आतिथ्यतामा सम्पन्न भेलाले सदस्यहरुमा जानकी चौधरी, चन्द्रा चौधरी, गोमा चौधरी, पुष्कर कवर, शान्ती बिकलाई चयन गरेको बिद्यालय ब्यबस्थापन समिती सदस्य जिउधन चौधरीले जानकारी दिए का छन्।

त्यसअवसरमा नबनिर्बाचित शिक्षक अभिभाबक संघका अध्यक्ष कवरले बिद्यालयको हितका लागि सदैब सहयोग गर्ने बताए । उनले बिद्यालयको शैक्षीक गुणस्तरलाई माथि उठाउने कुरामा आफु पदमा रहेपनि नरहे पनि बिगतमा पनि सहयोग गर्दै आएकाले यसपाली पदमा नै रहेर बिद्यालयको हितमा योगदान गर्न आएको बताए ।

बिद्यालयका सहायक प्रधानाध्यापक यमलाल रिजालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र गौतमले अभिभाबक संघको गठन प्रकृया बारे अभिभाबकहरुलाई जानकारी दिए । कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक बिष्णु चौधरीले गरेका थिए ।