समाज कल्याण केन्द्रको खुत्रुके बचतद्धारा विपन्न विद्यार्थीलाई शिक्षा

घोराही, २६ असोज । समाज कल्याण केन्द्र दाङले थालेको खुत्रुके बचत अभियानबाट संकलन भएको रकमलाई विपन्न बालबालिकाको शिक्षाका लागि खर्च गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नंम्वर ३ मा रहेको मावि झिंगनी बन्जारीमा अध्ययनरत तीन जना विपन्न परिवारका विद्यार्थीहरुको अध्ययन खर्च विगत केही वर्षदेखि केन्द्रले व्यहोर्दै आएको छ । केन्द्रले हालसम्म विभिन्न विद्यालयमा अध्ययन गर्ने १० जना बालबालिकाको अध्ययनमा सहयोग गर्दै आएको छ । उनीहरुमध्ये केहीले प्लस टु पास गरिसके भने बाकीलाई प्लस टु सम्मको अध्ययनमा सहयोग गर्ने केन्द्रले जनाएको छ ।

केन्द्रका अध्यक्ष निर्मला गौतमको नेतृत्वमा विहिवार विद्यालयमा पुगेको टिमले एक औपचारिक कार्यक्रम गरेर विद्यालयलाई शैक्षिक शत्र २०८० का तीन जना विद्यार्थीले तिर्नुपर्ने अध्ययन शुल्क बुझाईएको छ । यस्तै विद्यार्थीलाई आवश्यक स्टेशनरी सामाग्री र झोला पनि वितरण गरिएको केन्द्रले जानकारी दिएको छ ।

कक्षा ९ मा अध्ययन गर्ने अम्विका चौधरी, सुनिल कुमाल र कक्षा ६ का सुस्मा कुमाललाई १२ कक्षा सम्मको अध्ययनको जिम्मा केन्द्रले लिएको खुत्रुके अभियानका संयोजक शारदा घर्तिले जानकारी दिएका छन् । केन्द्रका अध्यक्ष गौतमको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रकाशचन्द्र घिमिरेको प्रमुख आतिथ्य एवं विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद शर्माको विशिष्ठ आतिथ्यतामा एक औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो ।

केन्द्रले थालेको अभियानमा एक्येवद्धता जनाउदै समाजसेवी चुनकुमारी विष्ठले आफुले लगेको खुत्रुकेमा संकलित रकम ३७ सय रुपैयाँ र विद्यालय व्यवस्थापन समितीका अध्यक्ष घिमिरेले पाँच सय रुपैया केन्द्रलाई हस्तारण गरेका थिए । केन्द्रका सदस्य पार्वती योगीको स्वागत तथा खुत्रुके बचत अभियानका बारेमा अभियानका संयोजक शारदा घर्तिले दिएको जानकारीबाट सुरु भएको कार्यक्रमको सहजिकरण सदस्य जिवा भुषालले गरेकी थिइन । कार्यक्रममा धन्यवाद मन्तव्य केन्द्रका कोषाध्यक्ष सुमित्रा गौतमले गरेकी थिइन ।