नेपालमा कोरोना संक्रमीको संख्या ३०

दाङ,५ बैशाख । नेपालमा कोरोना संक्रमीको संख्या ह्वात्तै बढेको छ । शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा संख्या यथावत भनिएता पनि त्यसको केही घण्टा पछि मन्त्रालयले थप १४ जनामा कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको छ ।

मन्त्रालयको वेभसाइटका अनुसार उदयपुरम १२ जना र चितवनमा दुई जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयको अधिकारीक फेसबुक पेजमा भनिएको छ :

हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३०, जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ, जस मध्ये उदयपुर जिल्लाका १२ वटा (१२ जनै पुरुष) ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय) र चितवन जिल्लाको २ वटा केस (२ पुरुष, २७ र ६३ बर्षिय)
अध्यावधिक मिति: २०७७ बैशाख ५ गते