पैदलयात्रुलाई गाडीको व्यवस्था गरेर सल्यान पठाइयो

दाङ,५ बैशाख । काठमाडौबाट पैदल हिडेर घोराही आईपुगेका २१ जनालाई गाडीमा सल्यानको कपुरकोट पठाइएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष रमेश पाण्डेको पहलमा गाडीको व्यवस्था गरेर उनीहरुलाई घरफर्त पठाइएको हो ।

मजदुरीका लागि काठमाडौ पुगेका उनीहरु विशवव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि काठमाडौ बस्न समस्या भएपछि उनीहरु हिड्दै घर जानका लागि हिडेका थिए । आज घोराही आइपुगेका उनीहरुलाई घोराही उपमहानगरपालिका वडा १५ निवासी रमेश भुसाल र ऋषिराज पौडेलले निशुल्क रुपमा गाडीको व्यवस्था गरेपछि उनीहरुलाई घर पठाइएको वडा अध्यक्ष पाण्डेयले जानकारी दिएका छन् ।