श्रीमानको जीवन रक्षा गरिदिन अपिल
शिव राज खनाल
देउखुरी, २४ असोज । दाङको लमही नगरपालिका वडा नम्बर –९ तेलिया निवासी ३५ वर्षीय करम लाल चौधरीको दुवै मिर्गौला फेल भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । दुवै मिर्गौलामा समस्या देखा परेपछि अस्पताल धाउदा धाउदै लाखै रकम खर्च भइसकेको चौधरीका परिवारको भनाइ छ ।
आर्थिक अवस्था निकै कमजोर भएकै कारण करम लालको उपचारमा समस्या भएको हो । उनको साथमा श्रीमती र ३ छोरीहरु रहेका छन् । घरमा कमाउने मान्छे नै थला परेपछि परिवारको विचल्ली भएको उनकी श्रीमतीको दुखेसो छ । ू सम्पत्तिको नाममा २ कट्ठा जमिन छ , काम गर्ने मान्छे थला परेपछी के खाने रु के ले उपचार गर्ने रु चौधरीकि श्रीमतीले आफ्नो दुस्ख सुनाइन ।
अहिले करमलाल आफन्त तथा गाउँलेहरुको सहयोगले अस्पताल जानेरआउने र सामान्य उपचार गर्दै आएका छन् । तर, पनि सामान्य डायलासिस गर्नको लागि अस्पताल जान र आउनसमेत खर्च जुटाउन गाह्रो भइरहेको अवस्थामा मिर्गौला प्रत्यारोपण सपना जस्तै बनेको छ ।
गाउमै मजदुरि गर्दै ५ जनाको परिवार पाल्दै आएका करमलालको एक्कासि आँखा धमिलो हुदै गएपछि अस्पताल जाँदा आफ्नो दुवै मृगौला खराब भएको थाहा पाए । अस्पतालले डायलासिस गर्नुपर्छ, भन्ने सुझाव दिदा सुरुमा उनले पत्याउनै सकेनन् ।
घरमा गएर बसेको ५७ दिनपछि हात खुट्टा कम चल्ने, पेट फुलिनेलगायतका लक्षण देखा पर्न थालेपछि गाउँले र आफन्तहरु सबैको सहयोगमा उपचारका लागि देशका विभिन्न ठाउँ र भारतमा समेत पुगेको पीडित चौधरी बताउछन ।
“अब केही बाँकी छैन, भएभरको पैसा सकियो । अस्पताल जाने गाडीभाडा समेत छैन” उनले भने । जता गएपनि पैसा नभए केही नहुँदो रहेछ” केही आर्थिक सहयोग जुटेमा उपचारमा सहज हुन्थ्यो कि भन्ने उनका परिवारको आशा छ ।
