Goraksha

National Daily

तुलसीपुरमा प्लाष्टिकका फूल माला बिक्री वितरणमा प्रतिवन्ध

बालाराम खड्का
तुलसीपुर, २४ असोज । तुलसीपुर उपमहानगरपालिकाले बजारमा प्लास्टिकजन्य फूल र माला फुलगुत्छाको व्यापारमा रोक लगाएको छ । । चाडपर्वको मौसम सुरु भएसँगै पछिल्लो समय कृतिम प्लास्टिकका फूलका गुच्छा र मालाको व्यापार बढेको बेला उपमहानगरले त्यसको रोक लगाएको सूचना समेत जारि गरेको नगर प्रमुख टिकाराम खड्काले जानकारी दिए ।

निमित प्रमुख प्रशासकिय अधिकृत ललित घर्तीले नेपाल सरकारले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा प्रकाशित सूनच अनुसार प्लाष्टिकजन्य फुलगुत्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको विषय जानकारी गराउदै नजिकिदै अइरहेको दशै तिहार र छर्ड जस्ता चार्डपर्वहरुमा यस्ता प्लास्टिकजन्य फुलमाला तथा अन्य बाहिर पाल टागेर विक्रीवितरण गर्न राखिएका विभिन्न प्रकारका मिठाईहरु समेत रोक लगाउने निर्णय भएको बताए ।

साथै लेवल नखुलाई प्याकिङ गरिएका उपभोग्य सामाग्रीहरुको प्रयागले स्वास्थ्यमा असर गर्ने भन्दै त्यो पनि रोक लगाएको उनले बताए । अनुगमनको क्रममा नेपाल सरकारको उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाईएमा कानून बमोजिम कार्वाही प्रकृया अगाडी बढाईने उपमहानगरपालिकाले जनाएको छ । तिहारमा बजार भरि कृतिम मालाहरु बाहिर बाटोनै ढाक्नेगरि राख्ने परम्परा तुलसीपुर बजारमा रहेको छ । त्यस्तै लेवल नराखिएका मिठाईहरु आफु खुसी वजार भरि बाटोनै ढाक्नेगरि राखिने चलपनि पहिलो देखिनै तुलसीपुरमा रहेको छ । यसले गर्दा स्थानीय उत्पादनले बजार नपाउने र बजारमा हाइजेनिक नभएका मिठाईहरु राख्ने गर्नाले स्थानीय उत्पादनको महत्व घटदै गएको थियो ।

‘कृतिक तथा प्लाष्टिकजन्य फुलगुत्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ, चार्डपर्वहरुमा यस्ता प्लास्टिकजन्य फुलमाला तथा अन्य बाहिर पाल टागेर विक्रीवितरण गर्न राखिएका विभिन्न प्रकारका मिठाईहरु समेत रोक लगाउने निर्णय हाम्रो भएको छ उनले भने ।’ बजारमा स्थानीयले उत्पादन गरेको मखमली, हजारीलाई महत्व नदिएर विदेशबाट आयातित मालाहरुलाई महत्व दिने चलन धेरै छ । यता नगर प्रमुख टिकाराम खड्काले स्थानीय स्तरमा उत्पादन गरेका फुलहरुलाई प्रथामीक्ता दिनु पर्ने बताए । उनले विदेशी आयाति बस्तुले सिमित व्यक्तिलाई मात्र फाईदा पुग्ने भन्दै कृतिम फूलले गर्दा स्वदेशमै केहि गनुपर्छ भन्ने युवाहरुले गरेको स्थानीय खेतीलाई बढवा दिन नसक्ने बताए ।

‘हामीले स्वदेशमै केहि गनुपर्छ भन्ने पुष्पव्यवसायीहरुलाई प्रोत्सहन गर्नेहो विदेशि आयातितलाई होइन । वातावरण विभागले प्लास्टिक जन्य बस्तुहरु आयातमा कडाई गरेपनि बजारमा प्लास्टिकजन्य बस्तुहरु विक्रीवितरण भईहरेको छ । सरकारले केहि समय अघिमत्र प्लाष्टिकबाट बनेका फूलगुच्छामा रोक लगाएको थियो । वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, भण्डारण र बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।

तिहार पर्वमा सयपत्री फुल र मखमली फुल उत्तम मानिएपनि पछिल्लो समय बजारमा कृत्रिम फुलमाला भित्रिदैँ जादाँ प्लाष्टिकका फुलमाला चलनचल्तीमा आएको पाइन्छ । प्लाष्टिकबाट बनेका माला धेरै समय टिक्ने , हेर्दा आर्कषक देखिने भएकाले बढि प्रयोगमा आएको पाइन्छ ।सस्तो मुल्यमा बजारमा पाइने र नझर्ने नओइलाउने भएकाले कृत्रिम फुलमालाको बढि प्रयोगमा आएको स्थानीयहरु बताउछन् । तिहारमा मखमली र सयपत्री फुल महत्वपूर्ण मानिन्छ ।