Goraksha

National Daily

तेस्रो सिटी कप पालिकास्तरीय खुला पुरुष भलिबल हुने

लक्ष्मण बस्नेत
दाङ,२३ असोज । दाङको शान्तिनगरमा तेस्रो सिटी कप खुला पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । सिटी युथ क्लब शान्तिनगर ६ र ७ को आयोजनामा श्री शिव शक्ति माबी धनौरीको खेल मैदानमा संचालन हुने प्रतियोगिता यहि असोज २७ गतेदेखि सुरु हुने भएको हो ।

प्रतियोगिताको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रतियोगिता संचालन समितिका संयोजक आनन्द बुढाथोकीले जानकारी दिएका छन् । तीन दिनसम्म संचालन हुने प्रतियोगितामा दाङ जिल्लाका दश पालिकाभित्रका झन्डै १२ बढी टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधी जित्ने टिमले नगद ८५ हजार,कप,मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै द्वितिय र तृतिय स्थान हासिल गर्ने टिमले क्रमशः ५० र २५ हजार नगद,कप, मेडल प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधातर्फ सर्वोउत्कृट हुने खेलाडीलाई नगद २ हजार ५, अन्य बिधामा नगद १ हजार ५ सयका साथमा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।