Goraksha

National Daily

विश्व मानसिक स्वास्थ्य दिवसमा सचेतना कार्यक्रम

तुलसीपुर, २३ असोज । तुलसीपुर उपमहानगरपालिका–९ बेलुवामा अबस्थित सगरमाथा वालवाटिका इङलिस स्कुलको सहकार्यमा एबम तुलसीपुर सिटी हस्पिटलको आयोजनामा बिश्व मानसिक स्वास्थ्य दिवस अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

हरेक वर्षको अक्टोबर १० मा पर्ने यो दिवस यसवर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गराउने हेतुका साथ यो कार्यक्रम मनाइएको छ। विद्यालयका प्रधानाध्यापक छविकुमार वलीको अध्यक्षता, डा मेगाना नेपालको प्रमुख आतिथ्यता एबम विद्यालयका सिइओ यमकान्त खरेल र डा सन्दिप न्यौपानेको बिशिष्ट आतिथ्यता तथा सिटी हस्पिटलका सिइओ ऋषि रन्जन चौधरी र संचालक समिति सदस्य एंव सुचना अधिकारी बुद्धी सापकोटाको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको ।

कार्यक्रमका प्रमुख अतिथि डा मेगाना नेपालले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्रेरित गर्ने बताएका थिए । यसैगरी कार्यक्रमका प्रमुख प्रशिक्षक एवं बिशिष्ट अतिथि डा सन्दिप न्यौपानेले मानसिक स्वास्थ्य स्वस्थ राख्न शारीरिक स्वस्थ्य र सकारात्मक सोचमा ध्यान दिर्ने बताए ।

युद्ध, अशान्ति, आर्थिक सङ्कट, बेरोजगारी र कतिपय सम्बन्धले मानिसमा निराशा, रिस, द्वेषलगायत विभिन्न कारणले मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने उनको भनाई थियो । आफू प्रतिकूल परिस्थितिलाई स्वीकार र सामना गर्न क्षमता विकास गर्नुपर्ने उनको सुझाव थियो । दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उनको भनाई छ ।
उनका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिन सके डिप्रेसनलाई कम गर्न सकिने डा। न्यौपानेले बताए ।

कार्यक्रमका अध्यक्ष एबम बिद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले यस्ता सचेतना फैलाउने कार्यक्रम समय समयमा आयोजना गर्न आवस्यक रहेको बताए । हरेक मानिस मानसिक रुपमा स्वस्थ रहन सके मात्र स्वस्थ परिवार, समाज र रास्ट्र निमार्ण गर्न सकिने वलीको भनाई छ । कहिले पनि आफुलाई अरु सङ्ग तुलना नगरी आफू सङ्ग जे छ तेसैमा सन्तुष्टि हुनु मानिसको बुद्धिमानी र , संतुष्ट हुन नसक्नु भनेको विभिन्न तनाबको कारण मानसिक समस्यामा परी जिबन नै अस्तब्यस्त बनाउनु भएको वलीको भनाई थियो ।

कार्यक्रममा सिटि हस्पिटल संचालक समिती सदस्य एबम सुचना अधिकारी बुद्धि सापकोटाले सगरमाथा इङ्लिस स्कुल सङ्गको सहकार्य र समयानुकूल आयोजना गर्ने कार्यक्रम सार्है नै सराहनीय भएको बताएका छन। सापकोटाले आगामी दिनहरुमा पनि सझेदारीमा यस्ता कार्यक्रम सञ्चालन गर्ने बताए ।
विद्यालयका सिइओ यमकान्त खरेलको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रम बिद्यालयका कार्यक्रम प्रमुख सरद शर्माले गरेका थिए ।