उपचारमा सहयोग गर्न आग्रह
दाङ, २१ असोज । घोराही १४ बस्दै आएका क्यान्सर रोगवाट पीडित कृष्णबहादुर जिसीको उपचारका लागि सहयोग गरि दिन परिवारले आग्रह गरेको छ ।
रोगबाट पीडित कृष्णकी श्रीमती उर्मिला जिसीले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि यस्ते आग्रह गरेकी हुन । श्रीमानको उपचारका लागि आर्थिक अभाव भएको उपचार हुन नसकेको भन्दै सबैमा सहयोग गर्न आग्रह गरिन् । अहिले रकम अभावको कारण श्रीमान घरमा नै रहेको उनले बताइन् । भरतपुर क्यानसर अस्पतालमा अप्रेसन गरिएको र डाक्टरले किमु चढाउनु पर्ने भने पनि रकम अभावको कारण किमु चढाउन नसकिएको उनले बताइन् ।
अप्रेसन गर्दा आफन्तीहरुसंग सहयोग लिएर गरिएको उनको भनाइ रहेको छ । ‘क्यानसर शरिरमा फैलिन नदिनका लागि सेकाइ गर्ने डाक्टरले भन्नु भएको छ तर पैसा नहुदा घरमा राख्न बाध्य छौ’ उनले भनिन् । श्रीमानको उपचारका लागि करिव ८ लाख रकम लाग्ने डाक्टरले बताएको उर्मिलाले बताइन् । आफनो श्रीमानको उपचारमा सहयोग गरि दिएर जीवन वचाइदिन उनले सबै सहयोगी दाताहरुलाइ आग्रह गरेकी छिन् ।
सहयोगी दाताहरुको सहयोग पाएर आफना श्रीमानको उपचार गर्न पाउने आशा उनको रहेको छ । उनको उपचारमा सहयोग गर्न चाहनेहरुले घोराहीमा रहेको ज्योती विकास बैकमा रहेको उर्मिला जिसीको खाता नं ०३२०१३००४७५०३००००००१ मा रकम पठाउन सकिने उनले बताइन् । कृष्णवहादुर विगत करिव १ वर्ष पहिले दखि विरामी भएका थिए । घोराही १६ घर भएका उनीहरु हाल घोराही १४ मा वस्दै आएका छन् । मजदुरी गरेर खादै आएको र विरामी हुदा समस्या भएको उनले बताइन् ।
