Goraksha

National Daily

दंगीशरणमा पूर्व सहकारीकर्मीको भेला

प्रमोद आचार्य
दंगीशरण, १९ असोज । दंगीशरण गाउँपालिका पूर्व सहकारीकर्मीहरुको भेला भएको छ । दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा नेपाल महिला सामुदायिक सेवा केन्द्रको संयुक्त साझेदारीमा सञ्चालन भएको दंगीशरण कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उधामशिलता साझेदारी परियोजना अन्तर्गत वाड नं ६ मा पूर्व सहकारी भेला भएको हो ।

सगरमाथा समुहका अध्यक्ष सुस्मिता चौधरीको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता एवं गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आतिथ्तामा भेला भएको हो । भेलालाई सम्वोधन गर्दै अध्यक्ष गिरीले पछिल्लो समय कमाइ अनुसारको बचत गर्नु आजको प्रमुख आवस्यकता रहेको बताएका थिए ।

गाउँपालिका उपाध्यक्ष खड्काले सबैलाई सहकारीमा जोडिनुपर्ने आवश्यकता रहेको भन्दै सहकारीबाट यहाँका किसानहरुलाइ थुप्रै फाइदाहरु रहेको बताए । भेलामा वडा न ६ का अध्यक्ष रोशनजंग शाह, कार्यपालिका सदस्य टँकी भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका फोकल पर्सन नमराज अधिकारीले उद्देश्यको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण परियोजना कार्यक्रमको संयोजक गोमा भट्टराईले गरेकी थिइन ।