महायज्ञको तयारी स्वरुप अम्विकेश्वरी मन्दिरमा सरसफाई
घोराही, २१ असोज । घोराही उपमहानगरपालिका–१८ स्थीत अम्विकेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ । यहि असोजको २८ गते घटस्थापनाका दिनदेखि अप्ठमीसम्म सन्चालन हुने ‘श्रीमद बाल्मिकी राम कथा नवाह ज्ञान महायज्ञ एवं शृङ्गारिक गंगा आरती महोत्सव–२०८० को तयारी स्वरुप सोमवार विहान मन्दिर क्षेत्रमा सरसफाई गरिएको हो ।
मन्दिरमा मसिना गाउँ सुरक्षा समिति, स्यालुट गोर्खा टे«निङ सेन्टर घोराहीलगायतको सहभागीतामा मन्दिरको सरसफाई गरिएको थियो । अम्बिकेश्वरी मन्दिरको मुख्य स्वागतद्वार निर्माण तथा अन्य पूर्वाधार विकासका लागि धार्मिक महायज्ञ लाग्न थालेको छ ।
महायज्ञ आउने दिन नजिकिदै गर्दा समितिले अन्त्य तयारीलाई समेत अघि बढाएको छ ।

बाल्मिकी रामायण राम कथा नवाह महायज्ञ तथा शृङ्गारिक गंगा आरती समितिका मुल संयोजक तथा अम्विकेश्वरी मन्दिर संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष कुमुद पोख्रेलको अध्यक्षता एवं अनुगमन तथा मुल्यांकन उपसमितिका संंयोजक घोराही उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष भरतमणी अर्यालको प्रमुख आथित्यतामा बसेको तयारी बैठकले महायज्ञलाई भव्य र सभ्य बनाउनका लागि उद्घाटनमा कलशसहितको शोभायात्रा गर्ने निर्णय गरेको छ ।
श्रीमद राम कथा नवाह ज्ञान महायज्ञ एवं श्रीङ्गारिक गंगा आरती महोत्सवको उद्घाटनका दिन उद्घाटन कार्यक्रमलाई भव्य बनाउनका लागि २८ गते बिहान १० बजे मन्दिर परिसरमा जम्मा भइ घोराहीको शंखेपिपल–रझेना स्कुल, गणेश मन्दिर–बैंक रोड–दामोदर चोक–न्यू रोड–तुलसीपुर चोक ,मेन रोड स्वर्गद्वारी एफएम हुँदै ट्राफिक चोकबाट मितेरी चोक, महदेवा भएर मन्दिरसम्म पुग्ने निर्णय गरेको छ ।
