Goraksha

National Daily

स्ववियुद्वारा शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिता

घोराही,१५ असोज । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्र बहुमुखी क्याम्पस दाङले वक्तृत्वकला प्रतियोगिता गरेको छ । आउँदै गरेको विजया दशमी, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिता गरेको हो ।

स्ववियुकले आयोजना गरेको ‘पलायन जनशक्ति रोक्न शिक्षासँगै रोजगारी : राज्यको भूमीका र जिम्मेवारी’ विषयक वक्तृृवकला प्रतियोगितामा विद्यार्थी कौशीला शर्मा प्रथम, नविन श्रेष्ठ द्धितीय, मेनुका रावत तृतीय र अभिषेकजंग विष्ट सान्त्वना भएका थिए । प्रतियोगिताका बिजेतालाई प्रमाणपत्रसहित क्रमश तीन हजार, दुई हजार, एक हजार र पाँच सय रुपैया प्रदान गरिएको थियो ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु )महेन्द्र बहुमुखी क्याम्पस दाङका सभापति मनोज डिसीको अध्यक्षता तथा क्याम्पस प्रमुख भरतराज न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले शुभकामना आदानप्रदान गर्दै पर्वको मौलिक पक्ष संरक्षणमा ध्यानदिनुपर्ने बताएका थिए ।

नेविसंघ जिल्ला अध्यक्ष कुलराज पोख्रेल, कमला पौडेल, शारदा शर्मा,नबराज गौतम, प्रशान्त पोख्रेल, दिनेश डाँगी र गणेश जैशीले मन्तव्य व्यक्त गरेका थिए ।

बक्तृत्वकला प्रतियोगिताको निर्णायकमा निवर्तमान क्याम्पस प्रमुख दिवाकर शर्मा, प्राध्यापक सुदीप गौतम र रमेश लम्साल रहेका थिए । कार्यक्रमको सहजीकरण स्ववियु सचिव बसन्त भण्डारीले गरेका थिए ।