व्यवसायिक सुरक्षा प्रमुख प्राथमिकता : प्रजिअ सुवेदी
शरद रेग्मी
दाङ, १५ असोज । दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले ढुक्क भएर व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायलाई आग्रह गरेका छन् ।
तुलसीपुर उद्योग वाणिज्य सघंको सोमवार आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै प्रजिअ सुवेदीले तुलसीपुर क्षेत्रमा नागरिक र सुरक्षाकर्मीबिचमा समन्वय र सूचना सम्प्रेषण गर्नुपर्ने बताएका हुन ।
उनले व्यवसायीहरु पछिल्लो समय आर्थिक मन्दिको मार खेप्न बाध्य रहेको भन्दै बजार ,कलकारखाना र उद्योग धन्दा सञ्चालनको लागि प्रहरी प्रशासनले पूर्णरुपमा सहयोग गरेर व्यवसायिक प्रबर्दनमा लाग्न स्पष्ट निर्देशन दिएका हुन । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले ब्यबसायिक सुरक्षा कायम गर्दै तुलसीपुर क्षेत्रको शान्ति सुरक्षा कायम गर्न प्रहरीको ध्याणाकर्षण गराएका थिए ।
पछिल्लो समय तुलसीपुर क्षेत्रलाई हाउगुजी बनाएर अनाबश्यक हल्ला फैलाएको भन्दै हल्लाको पछि नलागेर प्रहरीलाई सत्य तथ्य सूचना दिन अनुरोध गरेका छन् । प्रहरी प्रशासनले खोजेको भरपर्दो सूचना भएको भन्दै नागरिकसगं अनुरोध गरेका हुन ।
अबसरमा बाणिज्य सघंका पूर्ब अध्यक्ष बिमल रिजालले व्यवसायीहरु पछिल्लो समय बिभिन्न समस्याको चपेटामा परेको भन्दै ब्यबसायिक बाताबरण श्रृजना गर्न राज्य गम्भिर हुनुपर्नेबेला आएको बताए । सहकारी पीडित व्यवसायीहरुको उद्योग बाणिज्य सघंमा निवेदनका चाङ रहेको भन्दै स्थानीय प्रशासनले उनीहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा प्रेस सल्लाहकार शरद रेग्मी,प्रदेश सल्लाहकार समितिका सदस्य नारायणप्रसाद खनाल, उपाध्यक्ष ललितजगं शाहलगायतकाले आफ्ना भनाईहरु राखेका थिए । बाणिज्य सघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिब बिनिल केसीले गरेका थिए ।
