शिरको कपाल लट्टा होइन, हातको पिण्ड गट्टा होइन
मधुसूदन सुवेदी
२०८० साल अश्विन १३ गते शनिवारदेखि २०८० साल आश्विन २७ गते शनिवारसम्मको समय परिधिलाई सोह्र श्राद्ध, महालय श्राद्ध वा पार्वण श्राद्ध भन्ने गरिन्छ । यो अवधिलाई पितृपरुक्ष भनेर पनि चिनाइन्छ । विशेष गरी सूर्यकव्य राशीमा सरेका १६ तिथिलाई सोह्र श्राद्ध मानिन्छ । यो समयमा सम्पूर्ण दिवगत आत्माहरुले पृथ्वीको भ्रमण गर्ने र आफ्नो सन्ततिहरुको क्रियाकलाप देख्ने, हेर्ने, जान्ने र बुझ्ने गर्छन् भनेर विश्वास गरिन्छ ।
यो पृथ्वी लोक हरेकलाई परम आनन्द र स्वगभन्दा पनि परम दार्यक मानिन्छ । त्यसैले देवतादेखि लिएर सम्पूर्ण दृश्य अदृश्य शक्तिले पृथ्वीमा भ्रमण गर्छन् । पृथ्वीलोकको भ्रमण गर्छन् र पृथ्वी लोकमै जन्क लिन्छन् भन्ने धार्मिक मान्यता रही आएको छ । पृथ्वीमा घुम्ने यि पिठहरुलाई चनाको गेडा वर्मित छ । हरेक सन्तानले उनीहरुको भक्ति, आरधना, पूजा, जलदान, अन्नदान र पिण्डदान गरेमा उनै पितृले आफ्ना सन्तानका लागि अन्न, बस्त्र, धातु सबै थोकको भोग ऐश्वर्य दिलाउने कुरा धार्मिक मान्यता रही आएको छ ।
त्यसैले आफ्नो भलो र कल्याण चाहने छोराले आफ्नो दिवगत पितृका नाममा यतिबेलाका (१६) वटै तिथिमा पितृको जप ध्यान र दान पुण्य गर्नु अतिउत्तम छ । आजका मानिस समजसँग डराएर घर, छिमेकसँग डराएर वा गाउँटोलदेखि डराएर उनीहरुलाई देखाउन श्राद्ध गरे जस्तो लाग्छ किनभने गर्ने व्यक्तिमा श्राद्ध अनुसारको आहारविहार, आचरण र नियम कानुनमा बाधिएको देखिन्न । वास्तवमा भन्ने हो भने यो पितृ पक्षमा गर्न नहुने वर्जित कुराहरु धेरै छन् । त्यो कतिपयलाई थाहै छैन र थाहा भएकाले पालना गर्दैनन् ।
पितृले अति नै चोखो नीति मन पराउँछन् । चोखै नीति बिना गरिएको कुनै पनि अन्न, जल र पिण्ड ग्रहण गर्दैनन् । धेरै नियमका कुरा पनि नजानौ । धेरै नीतिका कुरा पनि नजानौ । सामान्य कुरा जो सबैले थाहा पाएको र जानी राखेको जल रगत समान भएर पितृ समय जान्छ भने मण्डन नगरेर दिएको अन्न र पिण्ड विष्टा समान भएर पितृ समक्ष जान्छ भन्ने उल्लेख गरिएको छ । कपाल एकपटक फालेपछि भोलि पल्ट नै टुसाउने अति तीव्र बढ्ने शक्तिमा पर्दछ । यीतो कपाल जो काटेको भोलि पल्टै पलाउँछ त्यसलाई पितृभन्दा प्यारी ठान्नु मानवीय बुझाई हो वा होइन ।
यदि श्राद्ध साँचो हो भने पितृका अगाडि शिरको कपाल केहो पनि होइन । यदि श्राद्ध देखावटी हो भने शिरको कपाल नकाट्नु हो । कपाललाई सुन्दरताको प्रशिन ठानेर पितृका नामव्य बिर्सन नसक्नेले माछा, मासु। लसुन, प्याज, टमाटर, सिन्कि, लौका, भान्टा, मसुरो, टिमुर।, भट्मास, अण्डा, गहत आदि जस्ता खाद्य पदार्थ (१६) दिन बार्न सजिलो छ ? यति माग होइन तन, मन, वचनमा समेत शुद्धता चाहिन्छ भनेको छ ।
झुटो नबोल्नु, भाषण नगर्नु, मेला उत्सवमा नजानु, खाँदा, पहिरिनु, अवीर, सिम्रिक, सिन्दुर फुलमाला नलगाउन कुनै पनि उत्सव तथा महाोत्सवमा माग नलिनु, नित्य गायत्री जानु जो तील, जल, तुलसीपातले मात्र पूजा गर्नु, शँख ध्वाी नगर्नु खाली पितृको साक्षत मूर्ति स्मरण गरेर सँझ बिहान जपतप गर्नु, अगरबत्ति नबाल्नु, धुप दिन मन लागि आगोको कोइला बनाएर गाईको घिउँको मात्र धुप दिनु । यी सबै काम (१६) दिनसम्म नै गर्नु । आफ्नो पितृको तिथिका दिन मात्र गरौ नीति यतिबेलाको होइन । यी पक्ष भनेको शुद्ध पितृको लागि मात्र हो । श्राद्धका नियम यो सानो आशमा लेखेर समेट्न सकिन्न ।
कतिपय यस्ता स–साना कुरा छन् जो गर्नाले पितृमा ठुलो नकारात्मक प्रभाव पार्दछ । उदाहरणका लागि शीरको कपाल भनियो त्यस्तै घर बाहिरको अन्न जल पनि नखानु भनेको छ । पितृका लागि पवित्र धातु सुन, चाँदी, तामा, पितल, काश मुस्किले यी बाहिरकका अन्य धातुफलाम धातुको चल्ज प्रयोग र छुने काम पनि नगर्नु भनेको छ । काम बासना पनि अतिनै नकारात्मक लेखिएको छ । अर्थात् कामुक बन्नु पनि भएन । जुन क्रियाकलापले हाम्रो जन्म भयो त्यो क्रियाकलाप पितृका लागि अति वर्जित छ ।
यदि श्रद्धा बिनाको पूजा र दान हुने थिया भने यसलाई श्राद्ध भनिने थिएन होला । अति श्रद्धा भनी नीति, नियमका साथ गरिनृ श्राद्ध भएकाले सके जति गरौँ । धेरै कुराभन्दा, लेख्दा र बताउँदा आदर्श ठहर्ला, गफ ठहर्ला, हावादारी ठहर्ला अरु जे–जे ठहरे पनि भोलि पलाउने कपाललाइृ आद फाल्न काट्न, खौशिन नसकेर सुन्दरताको प्रशिक मानेर कपाल काटेपछि म कुरुप बन्छु भन्ने सोँच राखेर काम नगरौँ ।
समाज, गाउँ छरछिमेक, नातागोतासँग डराउने होइन डराउने पितृसँग हो पितृसँग डराएर देखासिकी नगरेर यी (१६) दिनलाई सबैले पितृलाई भगवान्भन्दा माथि राखेर निय पूर्वक पितृपक्ष मनाऔँ, यसले हाम्रो सबैको जयकल्याण हुनेछ । जय पितृ, जय भातृ, जय गुरु, जय धर्म ।