युवराज शर्मा
खेतीपाती गर्ने किसानहरुको एक हल गोरु हलो र जुवा नै जीवनसाथी हुन् । त्यसैले होला शीर्षस्थ नेता विपि कोइरालाले भन्नुहुन्थ्यो नेपालको योजनाहरु बनाउँदा किसानको हल गोरु हलो र जुवाको फोटो अगाडि राखेर योजना बनाउनु पर्छ । जबसम्म किसानशरुको जीवनस्तर माथि उठ्न सक्दैन तबसम्म देशको समृद्धि हँदैन ।
कोरा नारा र भाषणले जीवनकोस्तर सप्रदैन । यो वर्तमान समयमा किसानहरुको समस्याहरुलाई समयमा पूरा गर्न नसक्नेहरु सरकारमा बसेर कृषिको विकास गर्न सक्दैनन् । कृषि मन्त्रीहरुले मन्त्रालयमा आफ्ना फोटाहरु ढाकेर गएका छन् तर उनीहरुले किसानहरुका समस्याहरुलाई समयमा समाधान गर्न सकेका छैन्न् । त्यस्तो इतिहास रचेनन् । अरुको तुलनामा धेरै मन्त्रीहरु कमिशनमा रमाए, कमाए र काठमाडौँमा घर ठहराए ।
भ्रष्ट चरित्र सफल भएको इतिहास मन्त्रालयमा छोडेका हुन् । मन्त्री बन्नु धन पैसा कमाउन हो भन्ने सोचाइमा वर्तमान नेतृत्व वर्ग छ । यो वातावरणमा परिवर्तन आएमा हलो जोतेर जीवन पाल्ने वर्गमा समृद्धि दिवास्वप्ने भएको छ । देशको विकास गर्न कृषि व्यवसायलाई प्रोत्साहित गर्नुपर्छ हाम्रा छिमेकि देश उत्तरतर्फ चिन र पूर्व पश्चिम दक्षिण भारतका सिमानाहरु हेरिएको छ । यस्ते भूपरिदेश देशको मूख्य व्यवसाय नै कृषि हो तर सरकारले कृषि व्यवसायलाई खासै ध्यान दिएके छैन ।
२००७ सालदेखि २०१७ सालमा बनेका सरकार र २०१७ सालदेखि २०४६ सालसम्मको पञ्चायती शासन व्यवस्थाले भूमिसुधार जस्ता योजनाहरु ल्याएर जग्गालाई सिमित बनायो । भूस्वासभत्वका वर्गले उद्योग चियाफर्मको बगान, आप बैगचा, कृषि फर्मको अन्नखेती जस्ता क्षेत्रहरुलाई अधिकतम जग्गा राखेका थिए । कतै कृषि फर्म, कतै फलफुल बगैचा, कतै चिया बगान कतै कलकारखाना उद्योगका नाम भए पनि अधिकतम जग्गा राख्न पाउने वातावरण भएपछि भूमाफियाहरुको शक्ति बढ्यो ।
जग्गाहरु जोति खन्ने किसानहरु माहि किसान बन्नबाट विमूख भए । उनीहरुको एक हल गोरु, हलो र जुवाले जोत्ने जमिन भएन । त्यस्ता किसानहरुले थातथलो छोडेर मुगलान गएको तितो सम्झना छदैछ । जहाँ गए पनि किसानलाई हलो गोरु, हलो र जुवाले छोडेन । २०४६ सालदेखि बहुदलीय लोकतान्त्रिक व्यवस्था आयो । जनताको शासन चल्ने भाषणहरु धेरै नेताहरुले गरे किसानहरको हितमा काम गर्छौ भन्थे ।
निर्वाचनमा किसानहरुको भोटले सत्तामा पुगे तर किसानहरुको हितमा कुनै काम भएन । उनीहरुले पैसा तिर्दा पनि सर्वस्लभ रसायनिक मल उन्नत बिउ, बिजन किटनाश ओखती, हलो जुवामा प्रयोग गरिने काठ र कृषि विकासका उपकरणहरु पाएनन् । अझै पनि सरल र सहज बन्न सकेको छैन । अहिलेसम्म किसानलाई हलो र जुवाले छोडेनन् । सहज भएका कृषि व्यवसायमा रमाउनु पनि रहर भएन । बाध्यता भयो बर्खे झरीमा रोएर खेती गर्नु प¥र्यो ।
नेपालमा परिवर्तनको समय २०७२ आश्विन ३ गते नेपालको संविधान लागु भयो । त्यस संविधानले तीनिहरुका सरकार गठन ग¥यो । हुनत २०६५ साल जेष्ठ १५ गतेदेखि राजा ज्ञानेन्द्र शाहले राजपाठ जनतालाई बुजाएपछि दलीय स्वरुपका नेताहरुमा उर्जाशक्ति बढेको हो । त्यस उर्जाशक्तिले किसानहरुलाई हेरेन । करिब ७ वर्ष बिताए पनि संविधान बनाउन सकश भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोल्न र लेख्न छुट दिए पनि आत्म अनुशासनको पालना र सामाजिक व्यवहार प्रयोग गर्ने वातावरण बनाउन सकेन ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको ३ शक्तिमा शासन व्यवस्था चल्यो र चलिरहेको छ । नेपाली कांग्रेसमा शिर्ष नेता विपि कोइरालाको समाजवाद छैन । नेकपा एमालेको बहुदलीय जनवाद पनि सेलायो, नेकपा माओवादी केन्द्रको जनताको जनवाद पनि हरायो र सुन तस्करीमा नेता, नेताको पत्नि र छोरा मुछिएको अवस्थालाई किसानहरुले टुलुटुलु हेर्न पाएका छन् । यी तिनै दलहरु भ्रष्टचार, ठगी, कागज किर्ते, सङ्गठित अपराध तस्क्र र जग्गा काण्डमा दावी बनिरहेको छन् । तैपनि उर्जाशक्तिमा रमाएका छन् ।
आफ्नो औकातभन्दा बढी सम्पत्ति थुपार्ने उददत छन् । यो उनीहरुको ज्ञान र सिपको विकास हो भन्नेहरु धेरै छन् तर हिजोका दिनमा किसानहरुको घरमा नुन खाएका वर्गले किसानहरुलाई गुण लगाउनु पक्षमा सुन काण्डमा फस्न पुगेको समाचार बन्यो । भनिन्छ– भोग्ने वर्गलाई रमाइलो छ तर सुन्ने वर्गलाई लाज मर्दो छ । भन्छन्– हलो र जुवामा रमाएका किसानहरु । नेपालका तीन तहका सरकार मध्ये प्रदेश सरकार जनताको उत्तरदायी बन्न सकेन । सङघीय सरकार जनअपेक्षका काम गर्न सकेन ।
देशमा शक्ति सुरक्षा, शिक्षाको सर्वसुलभता, स्वास्थ्यमा सहज पहुँचको अवस्था बन्न सकेन । मान्छे देखेर मान्न्छे नै उठाउनु पर्ने अवस्था छ । अपराधिक गतिविधिहरु धेरै बढेका छन् । संविधानले लक्षित गरेका कानुनहरु बनाउन पनि प्रतिनिधि सभा सक्रीय भएन । सक्रीय बनाउने काम सरकारमा भएका मन्त्रीहरुको हो । आ–आफ्ना सन्त्रालयका कानुनी मन्त्रालयमार्फत् निराकरण गर्नुपर्ने भएन भने सरकारको सक्रीयता भएन ।
किसानहरुका समस्याहरुमा पशुहरुमा फैलिएको लम्कीस्कीन रोग नियन्त्रण र खोपको व्यवस्था भएन । पशुचौपायाहरुको मृत्युले हल गोरु विमुख भएका किसानहरुलाई क्षतिपूर्ति राहत पनि भएन । २०७६ साल चैतदेखि फैलिएको लम्कीस्कीन रोगका सम्बन्धमा कृषिमन्त्रीको धारणा र भनायहरु गैर जिम्मेवार सुनियो । किसानहरुले के आशा गर्ने ? सोचनीय छन्– किसानहरु ।
किसानहरुको बालीहरु प्राकृतिक प्रकोपबाट नष्ट भएका छन् भने बदेल, बाँदर, हात्ती, गैडा, नीलगाई जस्ता जनावरहरुबाट नष्ट, भ्रष्ट र काम लायक बनाएका छैनन् । हलो जुवामा निर्भर किसानहरु बालीनाली काम लायक नभएपछि कसरी जीवन पाल्ने ? समस्य र चिन्तामा छन् । उनीहरुको समस्या र चिन्ता हरण गरिदिने योजनाहरु कृषिमन्त्रीसँग के छ ? किसानहरुको भविष्य उज्यालो बनाइदिने अस्त्र र शस्त्र के छ ?
देशमा खाद्य सङ्कट बढ्दै छ । दुर्गम जिल्लाहरुमा भोकमरीको समस्या चर्कदै छ । मन्त्रीले विदेशबाट धान किन्ने कहिले ? धान कुटाएर चामल पठाउने कहिले ? यो योजना कृषिमन्त्रीको पारदर्शी देखिएन । हलो जोत्ने किसानले धानको रोपाइमा रासायनिक मल पाएनन् । गहुँ खेतीमा पनि मल पाउने आशा र भरोसा घट्दै छ तर कृषिमन्त्रीको भनाइ छ– हामीसँग मल पर्याप्त छ तर हल गोरु जोत्ने किसानले पैसा तिर्दा पनि रासायनिक मल पाउँदैनन् ।