घोराही,२६ भदौ । बीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेलाडी गुमान मगरले काश्य पदक जितेका छन् । प्युठान निवासी बक्सिङ खेलाडी मगरले ललितपुर किक बक्सिङ सङ्घ तथा ललितपुर जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा काश्य पदक जित्न सफल भएका हुन ।
राइनो मौथाई जिम फिटनेस सेन्टर चितवनबाट प्रतियोगितामा सहभागी भएका खेलाडी मगरले उत्कृष्ठ प्रदर्शन गर्दै पदक जित्न सफल भएका हुन । उत्कृष्ठ प्रदर्शन गरेपनि प्राविधिकको पक्षपाती पूर्ण निर्णयका कारण काश्य पदकमै सिमित हुनु परेको उनले बताए । प्रतियोगिता यहि भदौको २१ गतेदेखि २३ गतेसम्म भएको थियो ।
खेल क्षेत्रमा अलराउण्डर खेलाडीका रूपमा परिचित गुमान छोटो समयमै रनिङ, भलिबल, बास्केटबल, बक्सिङ, कबड्डी, ज्यावलिङ्लगायतका विभिन्न विधाका खेल खेलेका छन् । उनले गत जुलाई १ र २ गते उज्बेकिस्तानको एसियन हाप्किडो च्याम्पियनसिपमा कास्य पदक जितेका थिए ।
प्रतियोगितामा ६०–६५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपालबाट हाप्किडोमा ४ जना खेलाडी सहभागी भएका थिए । प्रतियोगितामा एसिया महादेशका विभिन्न २७ देशका खेलाडीको सहभागिता रहेको थियो ।