स्थापना दिवसमा विरामीहरुलाई सेवामा छुट

तुलसीपुर, २६ भदौ । तुलसीपुर सिटी अस्पतालले विरामीहरुलाई ९ औं बर्ष प्रवेशको अवसरमा विरामीहरुलाई सेवामा छुट दिने जनाएको छ । दाङको तुलसीपुरमा रहेको तुलसीपुर सिटी हस्पिटलले आफ्नो स्थापना दिवसको अबसरमा बिरामीलाई सेवामा भारि छुट दिने घोषणा गरेएकोहो ।

अस्पतालका डाइरेक्टर हेमराज बस्नेतका अनुसार आठौ बर्ष पार गरि नौ बर्षको प्रवेशको अवसरमा र बिभिन्न सेवाहरुमा छुट गरिएको जानकारी दिएका छन् । भदौ २७ र २८ गते बिशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क ओपिडि सेवा प्रदान गरिने छ । त्यसै गरि ल्याब सेवामा, फिजियोथेरापि, एक्सरे, भिडियो एक्सरेमा तिस प्रतिशत छुटको ब्यबस्था गरिएको छ ।

त्यसैगरि औषधि र सबै प्रकारका अप्रेसनमामा दश प्रतिशत छुट दिने घोषणा गरेको डाइरेक्टर बस्नेतले जानकारी दिएका छन् । सिटी हस्पिटमा अहिले विभिन्न विशेष सेवाहरुका साथै विभिन्न किसिमका शल्यक्रियाहरु पनि हुदै आएका छन् ।