सबै नारी जाली घरको चुलो नबाली होटेल जान थाली

मधुसूदन सुवेदी
नारी आमा हुन् । नारी लक्ष्मी हुन् । नारी सृष्टिकर्ता हुन् । नारी धर्ती हुन्, नारी सहनशील हुन्, नारी गौरव हुन्, नारी शक्ति पुञ्ज हुन्, नारी गृहलक्ष्मी हुन् । नारीका कुरा गर्दा यतिबेला हिन्दु नारीको महान पर्व मानिने हरितालिका तीज पर्व नजिकिँदै छ । यो पर्व कुनै पनि नारीले आफ्नो सम्पत्ति ठान्नु हुन्न । आफ्नो पोल्टको पर्व ठान्नु हुन्न, आफ्नो लागि बनेको वा बनाएको पर्व ठान्नु हुन्न ।

पर्व सबैका लागि र सधैका लागि शिक्षा दायक एक गुणकारी र उमंगकारी बनोस् भनेर परिवारकै खातिर काम गर्न सक्नु पर्दछ र जान्नु पदृछ भने एउटा विवाहित नारीले आफ्ना लागि, आफ्नो श्रीमान्का लागि, आफ्ना सन्तानका लागि र आफ्ना परिवारको लागि सुख, सन्तोष, शान्ति र कल्याणकारी बन्ने हो भन्ने इच्छा, चाहना, कामना र वासना राख्नुपर्दछ । सर्वप्रथम त नारीले धर्मले लेखे बताएको कुरा पालना गर्न सिक्नु पर्दछ ।

यो तीज पर्व र दर खाने पर्न भर्खर हिलो माटोमा खेलेर कल्पना गरेको वा निकालेको पर्व होइन , यो पार्वतीको युगबाट चलेको पर्व हो । पार्वती कहिलेकी हुन् ? भनेर सोध्ने हो भने कुनै नारीले भन्न सक्ने अवस्था छैन । पार्वती जन्मेको तिथिबाट नक्षर, करण योग सोध्यो भन्ने हाम्रा नारीले भन्न सक्छन् । यदि सक्दैनन् भने नजानेको कुरा हावाका भरमा गर्नु राम्रो होइन ? धेरै कठिन र ठूला कुरा पनि नगरौँ, हाम्रा नारीलाई दर खाने दिन कुन हो ?

भनेर सोध्यो भने पनि भन्न सक्दैनन् किनभने त्यहाँ थाहा नभएर अनुमानका भरमा शङ्काको भरमा, भ्रमको भरमा र देखासिकेको भरमा (५) दिन अघि, (१०) दिन अघि, (१५) दिन अघि, (२२) दिन अघि, (२९) दिन अघि दर खाइरहेका छन् । यदि उनीहरुलाई दर खाने भनेको प्रत्येक वर्षको भाद्र महिना शुक्लपक्षको द्धितीया तिथिमा मात्र पर्दछ भन्ने जानकारी भएको भए यस्तो हर्कत गर्ने नै थिएनन् । अर्को कुरा हाम्रा महिलालाई दर के खाने, किन खाने, कस्तो खाने, कहाँ खाने र कसरी खाने भन्ने पनि थाहा छैन ।

यो कसरा थाहा भएको भए जङ्गलमा, नदीमा, होटेलमा, बारमा, रेष्टुरेन्टमा, महलमा, मन्दिरमा घर–घरभन्दा बाहिर र घरभन्दा पर जाने नै थिएनन् । हाम्रा नारीले पछिल्लो पुस्ताका सन्तानलाई तीजको सन्देश के दिन थाले । तीज भनेको खीर, पुरी, अचार, माछा, मासु वा मिठो–मिठो खाने, खुवाउने, खाइरहने कहिले बजार जाने, कहिले होटेल जाने, कहिले पार्क जाने, कहिले मामाको घर जाने, कहिले फुपुको घर जाने वा घरमा बसेर नखाने कतै न कतै गएर दिनहुँ मिठो खाने, ताली बजाउने नाँच्ने, गाउने, फोटो खिच्ने, भिडियो बनाउने, टिकटक बनाउने ।

फेशनमा देखिने । टिभीमा देखिने । पत्रपत्रिकामा देखिने । घरमा गहना लगाउने भनेर चिनाउन थाले । दर खाने भेनको नारीको माग हो । नारीका बाबुले खानु पर्दैन ? नारीका आमालृ आनु पर्दैन ? नारीका श्रीमान्ले खानु पर्दैन ? नारीका सन्तानले आनु पर्दैन । नारीका परिवारका अन्य सदस्यले आनु पर्दैन । दर खाँदा वा पकाउँदा घरको चुलो बाल्नु पर्दैन ? आफूले खाने कुरा आफैले तयार पार्नु पर्दैन ? कुन नारीले कस्तो खान्छिन् ? भन्नृ थाहा र जानकारी हाटेल सञ्चालकलाई थाहा हुन्छ ? यदि होटेल नै प्यारो हो भने नारी हो होटेकै व्यापार गर ।

किन भने वर्षको छ महिना त दर नै खानुपर्छ । होटेलमा साथी, संगीनी, दिदिबहिनी पनि ल्याउन नै पर्छ । सबैका लागि सधैका लागि प्यारो हो भने होटेल किन न खोल्ने एक कठ्ठाले एउटी नारीलाई अनि खाने बन्दो बस्त मिलाउन पनि होटेल वा नास्ता पसल गएकी देखियो । किन भने हाम्रा नारीमा पकाउने, जाँगर पनि मरेर जान थाल्यो । शरीर आफ्नो रोग आफ्नो, जिब्रो आफ्नो पेट, आफ्नो बाइलो–विषालु, आफनो पाचन शक्ति र क्षमता आफ्नो तर पकाएको परिकार र पकाउने तरिका अर्काको मिल्छ तालमेल ?

आजका नारी र पुरुष किन निरोगी र दीर्घरोगी छैनन् । किनभने नारीमा जाँगर हरायो, पकाउने जाँगर छैन । नारी घरमा समयमा छैन । समयमा आनु छैन । खानाको तालमेल छैन । घरको चुलो जल्दैन । घरमा आगो बल्दैन । बोकेको खाना, बोकाएको खाना, बासी खाना मिसावट खाना । अशुद्ध खाना, त्यो दर साच्चीकै दर हो कि त्यसले पनि घर चल्छ । यो तरिकाले पनि मानिस निरोगी हुन्छ ? कस्तो अचम्म ? घरलाई आफ्नो बनाउन घरलाई मन्दिर बनाउने, घरलाई होटेल बनाउने । घरलाई स्वर्ग बनाउने ।

घरलाई आनन्द बनाउने, घरलाई रोमाञ्चक बनाउेन भन्ने सोच, विचार, जाँगर, जोश, सिप, कला किन मर्दै गयो ? यो चल्छ कति दिन ? दुई जना रोपाहारालाई नास्ता खुवाउ होटेल, दर खान होटेल, जन्म दिन मनाउन होटेल, विवाह गर्न होटेल, नाच्न, गाउन र रमाइलो गर्न होटेल साथी, संगीनीलाई भेटघाट गर्न होटेल, सबै होटेल हो भने दर के–का लागि खाली सुत्न र उठ्नका लागि मात्र हो ? अब यत्ति काम पनि होटेलमा गर्दा भएन ? नारी घरका लागि किन यति भारी घर सजाउन नसक्नेले के सजाउँछ ? आफ्नै शरीरका लागि आफै खाना नपकाउनेले अरुका लागि गर्छ के ? आधा ढाकेको नारीको ताल यही हो भने समाज कता जाला ? सोच ।