दाङ,२६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ।
काठमाडौँको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजादैगर्दा उनकाे निधन भएको स्वकीय सचिव कृष्ण काफ्ले जानकारी दिएका छन्।
राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाे थियो। चिकित्सकहरूले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनाएकाे छ।
संविधान लेखनमा अतुलनीय योगदान पुर्याएका संविधानसभाका अध्यक्ष नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ।
दुईपटक संविधानसभाको अध्यक्ष र पाँचपटक सभामुख भएका नेम्वाङ हाल एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेतासमेत हुन्।