बालिकालाई बलात्कार गरेको आरोपमा बालक पक्राउ

दाङ,१९ भदौ । दाङमा बालिकालाई बलात्कार गरेको आरोप एक बालक पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी ७ बर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा सोही स्थान निवासी १६ वर्षिय बालकलाई मंगलवार ईलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको हो ।
गत भदौ १५ गते ती बालिकालाई बालकले एकान्त ठाउँमा लगेर बलात्कार गरेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक उज्जवल सिंहले जानकारी दिए । घटना भदौ १५ गते भएपनि भदौ १७ गते राति मात्र ती बालिकाले गुप्ताङ सा¥है दुखेको आफन्तिलाई भनेपछि घटना सार्वजनिक भएको हो ।

घटना बाहिरिए पछि पीडित परिवारले भदौ १७ गते प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले जाहेरी मंगलवार दर्ता गरी मंगलवारनै ती बालकलाई पक्राउ गरेको प्रहरी निरिक्षक सिंहले बताएका छन् । पक्राउ परेका बालकलाई प्रहरीले हिरासतमा राखि अनुसन्धान गरिरहेको छ ।

अहिले बालिकाको स्वास्थ्य परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको प्रहरी निरिक्षक सिंहले जानकारी दिए । बालिकाको बुवाआमा मजदुरीका लागि देश बाहिर रहेकाले उनी आफ्ना हजुरबुवा हजुरआमाको संरक्षणमा बस्दै आएकी थिइन् ।