सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको नियमित चेकजाँच

शिवराज खनाल
दाङ, १९ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यलय दाङले पछिल्लो समय सवारी चेकजाँचमा व्यापक कडाई गरेको छ । सडक सुरक्षा चेकजाँच अन्तर्गत सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चेकजाँचमा कडाई गरिएको हो । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पूर्वमा कालाकाटेदेखि पश्चिममा शिबखोला सडकखण्डमा तीव्र गतिमा सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरि सवारी साधन चलाउनेहरुका कारण सडक दुर्घटना दिनप्रति दिन बढ्दै गएको भन्दै त्यसलाई न्यूनीकरण गर्न ट्राफिक कार्यलय दाङले नियमित चेकजाँच गर्न सुरुगरेको हो ।

यसैक्रममा मंगलवार पूर्व पश्चिम राजमार्गअन्तर्गत देउखुरीको रिहारमा चेकजाच गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख किरण प्रकाश मल्लले जानकारी दिएका छन् । उनका अनुसार चाडपर्व नजिकिदै गर्दा प्रहरीले जिल्ला संक्रियता बढाएको छ । चार्ड पर्वको समयमा सवारीसाधनमा चाप बढ्ने र जस्ले गर्दा दुर्घटनाको जोखिम हुने गरेकाले पहिलेदेखि नै सावधानी अपनाइएको उनले बताए ।

सडक दुर्घटना बढ्दै गएपछि सवारी दुर्घटना न्यूनिकरण तथा नियन्त्रणका लागिसडकमा विभिन्न किसिमिका चेकजाँच लगायतको कार्यलाई समेत तीव्रता दिएको उनले बताए । सवारी साधनको चाप दिनानुदिन बढ्दै गएको छ । ओभर टेकका साथै मादक पदार्थ सेवन गरेका लगायतका विभिन्न समस्याले सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको उनले बताए ।

सवारी दुर्घटना हुने प्रमुख कारणहरुमा पुराना सवारी साधनहरूको प्रयोग, दक्ष जनशक्तिको अभाव, क्षमताभन्दा बढी यात्रु चढाउनु तथा चालकको लापरवाही, सडक सेन्टरको अभाव, ओभरटेक, ट्राफिक नियमको उलंघन तथा ट्राफिक नियमको चेतनामा कमि दुर्घटनाको प्रमुख कारण रहेको उनको भनाइ छ ।

साथै सडक दुर्घटना बढ्दै गएको भन्दै केही महिना अघि बाट सवारी साधनको तीव्र गति रोक्न आधुनिक उपकरण ‘राडार स्पिड गन’ ९गति मापन यन्त्र० प्रयोग समेत गरिरहेको छ । २०० सय मिटर अगाडिबाट ट्राफिकले ‘राडार स्पिड गन’ को माध्यमबाट सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउँदै तीव्र गतिमा गुडाउने सवारीलाई कारबाही थालेको दाङ ट्राफिक प्रहरी प्रमुख किरण प्रकाश मल्लले बताए । बढ्दै गइरहेको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न राडार स्पिड गनले धेरै सहयोग गरिरहेको उनको भनाइ छ । राडरगनको साहयताले तीब्रगतिमा सडकमा दौडिएका १५ वटा सवारी साधन कार्बाही गरिएको र ३० वटा सवारी चालकलाई सम्झाइबुझाइ पठाइएको दाङ ट्राफिक कार्यलयले बताएको छ