अमरराज आचार्य
दाङ, १८ भदौ । सामाजिक क्षेत्रमा आबद्ध महिलाहरूले स्थापना गरेको समाज कल्याण केन्द्र नेपाल दाङले सचालन गरेको खुत्रुके अभियान जम्मा भएको रकम विपन्न तथा गरिव समुदायका बालबालिकाको शिक्षामा लगानी गरिएको छ । यो कार्यले बालबालिकालाई शिक्षा आर्जन गर्न सहज समेत भएको छ । संस्थाले खुत्रुके अभियान, आफूहरूले उठाउने सहयोग तथा अन्य व्यक्तिबाट आउने सहयोगबाट सङ्कलन भएको रकमले १० जना बालबालिकाले पढदै गरेको केन्द्रका अध्यक्ष निर्मला गौतमले बताइन् ।
१० जना बालबालिकाहरूलाई अध्यापन गराउनका लागि मासिक करिव १ लाख रकम खर्च हुने गरेको समेत केन्द्रले जनाएको छ । विगत ३ वर्ष पहिलेदेखि विद्यार्थीहरूलाई पढाउँदै आएको उनले बताइन् । कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन गराउने गरेको अध्यक्ष गौतमले वताइन । अहिले मा वि भिङगनीमा ३ जना, मा वि रझेनामा ४ जना, आधारभुत वेलघारीमा १ जना, हापुर मा वि निघुवारमा २ जना बालबालिकाहरूलाई सहयोग गरेर पढाउने काम भएको अध्यक्ष गौतमले वताइन ।
विद्यार्थीहरूलाई विद्यालयको पोशाक, झोला, स्टेशनरी, परीक्षा शुल्क, भर्ना शुल्क, मासीक शुल्क सबै रकम केन्द्रले नै तिरी दिने गरेको छ । संस्थाले विद्यार्थीहरूलाई रकम नदिएर विद्यालयमा गएर रकम तिरीदिने र सामग्री किनेर दिने गरिएको छ । जसले रकम दुरूपयोग हुन नपाउने गरेको अध्यक्ष गौतमले बताइन । यसले थोरै बालबालिकाहरू शिक्षा वाट वञ्चीत हुन वाट रोक्न सकिएको छ ।
अहिले १० जनालाई सहयोग गदै आएकोमा थप बालबालिकाहरूलाई सहयोग गर्ने सोच आफूहरूको रहको उनको भनाइ छ । धेरैले बालबालिकाहरू पढाइ दिनका लागि आग्रह गर्ने गरेको भए पनि आफूहरूले सबैलाई सहयोग गर्ने नसकेको उनले बताइन । ‘खुक्रुके अभियान तथा अरुको सहयोग बाट बालबालिकाहरूलाई सहयोग गर्दै आएका छाँै ।
थप विद्यार्थीलाई सहयोग गर्ने सोच रहेको छ’ अध्यक्ष गौतमले भनिन् ‘अहिले खुक्रुके अभियानमा अहिले अरु पनि जोडिन थालेका छन ।’ उनका अनुसार खत्रुके अभियान राम्रो मानेर खुक्रुके अभियानसँगै बैक बाट समेत सहयोग भएको छ । अहिले गाउमा खुक्रके माग गरेर लैजाने समेत गरेका छन् । अहिले ४० वटा भन्दा वढी खुक्रके गाउँ गाउँसम्म लगेको उनको भनाइ छ ।
कसैले आफनो जन्म दिनको अवसर तथा विभिन्न अवसर पारेर सहयोग गर्ने गरेको उनले बताइन् । ‘कुनै पनि बालबालिकाहरू शिक्षावाट बञ्चीत हुन नपरोस भनेर बालबालिकाहरूको शिक्षामा सहयोग गर्ने अभियान सञ्चालन गरेका हौ’ अध्यक्ष गौतमले भनिन् । नियमित सहयोगसँगै अन्य बालबालिकाहरूलाई पोशाक तथा स्टेशनरी पनि सहयोग गर्ने गरिएको छ । आफू शिक्षण पेशामा लामो समय काम गरेको र आर्थिक कारण धेरै बालबालिकाहरू शिक्षाबाट बञ्चीत हुनु परेको अवस्था रहेकाले आफूहरूले यस प्रकारको अभियान सञ्चालन गरेको उनले वताइन । आफूले अध्यापन गराउदा समेत धेरै बालबालिकाहरूलाई विद्यालयमा ल्याएर सहयोग गरेको गौतमले बताइन् ।
लागूऔषध दुव्र्यसनी विरुद्ध अभियान
समाज कल्याण केन्द्रले बालबालिकाहरूलाई शिक्षामा सहयोग गर्ने मात्र नभएर लागूऔषध दुव्र्यसनी विरुद्ध सचेतना अभियान समेत सञ्चालन गदै आएको छ । समाजमा लागुपदार्थ दुव्र्यसनी बढन नदिनका लागि यस प्रकारको अभियान सञ्चालन गदै आएको केन्द्रका अध्यक्ष गौतमले वताइन ।
पछिल्लो समय लागु पदार्थ दुव्र्यसी गर्नेहरूको संख्या समेत बढदै गएको उनको भनाइ छ । यसले समाजमा धेरै समस्या ल्याउने भन्दै समयमा नै ध्यान दिन सक्नु पर्ने उनी बताउछिन् । ‘समाज सुधारमा सबैको सहयोग आवश्यक छ । सबै आ आफनो क्षेत्रबाट लाग्नु पर्छ’ उनले भनिन् ।
जिल्लाको पुर्वी क्षेत्रदेखि पश्चिमक्षेत्र सम्मै पुगेर सचेतना मुलक कार्यक्रम गर्दै आएको उनको भनाइ छ । ‘विद्यालयमा गएर बालबालिका, अभिभावक तथा आमा शिक्षा सञ्चालन गदै आएका छौँ’, अध्यक्ष गौतमले भनिन् । कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालयबाट सहयोग पाएको उनको भनाइ छ । ‘हामीले सञ्चालन गर्ने सचेतना मुलक कार्यक्रममा स्थानीय प्रशासन तथा प्रहरीको सहयोग रहँदै आएको छ’ उनले भनिन् ।
सचेतना अभियान सञ्चालनका लागि आर्थिक खर्चको व्यवस्थापन समेत आफैले गर्ने गरेको उनको भनाइ छ । कुनै कुनै वडा कार्यालयवाट सहयोग पाए पनि पालिकाहरूवाट भने पाउन नसकिएको उनले बताइन् । ‘हामी समाजिक सेवा गर्ने उदेश्यले स्थापना गरेको संस्था भएकाले सहयोग पाउन नसके पनि अभियान रोकेका छैनौ । काम गर्नका लागि पैसाले मात्र रोकिदो रहेनछ’ उनले भनिन् ।
संस्थाले सचेतनासँगै स्वास्थ्य शिविर समेत सञ्चालन गदै आएको छ । ग्रामिण स्तर सम्म पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकलाई स्वास्थ्यको सेवा दिने गरेको उनको भनाइ छ । शिविर सञ्चालन गर्दा सहयोग उठाउनेसँगै अन्य निकायवाट सहयोग लिएर काम गर्ने गरिएको छ । केन्द्रले अन्य विभिन्न सामाजिक कार्यहरू समेत सञ्चालन गदै आएको छ । २०७३ साल साउन २३ गते स्थापना भएको केन्द्रमा १५ जना महिलाहरू सदस्यहरू छन् ।