तुलसीपुर,१८ भदौ । युएसएआईडीको आर्थिक सहयोग सिबिएम,डिईसी नेपाल र कोसिससँगको साझेदारीमा दंगीशरण गाउँपालिकामा सञ्चालित USAID Inclusive Livelihoods-West Activity अन्तरगत दंगीशरण गाउँपालिकाका वडा नं.१,२,४,५ र ७ नम्बर वडामा गठन भएका अपाङ्गता समावेशी स्वाबलम्बन समुहका सददस्यहरुका लागि ३ दिने दौतरी परामर्श तालिम (3 Days Economic Peer Counselining Training to SHG Members)हेकुलीमा सम्पन्न भएको छ ।
राजकोट अपाङ्गता समावेशी स्वाबलम्बन समुहका सदस्य बम्बेबहादुर खत्रीको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष पिमा वली खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गिरीले आफुले अपाङ्गताको पीडा नजिकबाट बुझेका र पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको जीविकोपार्जन र सशक्तिकरणका लागि आफु निरन्तर लागिरहेको बताएका थिए । साथै उनले पालिकाबाट निर्माण गरिएका योजना तथा कार्यक्रमहरुमा अपाङ्गता भएका व्यक्तिको सिप विकास तथा जीविकोपार्जनका कार्यक्रम लिएर आएको बताए ।
कार्यक्रममा गाउँपालिका उपापाध्य पिमा वली खड्काले यो परियोजना हाम्रोे आफ्नै भएकोले यसमार्फत सञ्चालन गरिने परियोजना सफल बनाउन आफुहरु निरन्तर लागिरहेको बताए । साथै उपाध्यक्ष खड्काले आफु अपाङ्गताँग अझ नजिक रहेको र अपाङ्गता भएका व्यक्तिहरुको रोजगारी र जीविकोपार्जनका लागि आवश्यक पर्ने हरेक क्रियाकलापका लागि पालिकाले सहकार्य गरेर अघि बढने र आवश्यक परेको ठाउँमा पालिकाले सहयोग गर्ने विषयमा थप जोड दिएकी इिन ।
साथै उक्त ३ दिने तालिमको समापनका क्रममा डेक नेपालका तर्फबाट परियोजना संयोजक गोविन्दराज फुलारा,तालिमका सहजकर्ता रामलाल धामी,सहभाीहरु झुमा डाँगी, नोखिराम विक र सावित्रा पार्धेले बोलेका थिए । कार्यक्रममा सांकेतिक भाषा दोभाषे योगमाया योगी (स्मृति) ले गरेकी थिइन । कार्यक्रमको सहजीकरण परियोजना आर्थिक सशक्तिकरण सहजकर्ता देवा डाँगीले गरेकी थिईन ।