जलवायु परिवर्तन हुनुका कारण

भूपेन्द्र सुवेदी
नेपालमा मात्र नभएर विश्वभर फैलिएको जलवायु परिवर्तनको कारणले विभिन्न प्रकारका रोग, सरुवा रोगले मानव जाति मात्र नभएर विश्वमा सिर्जित जीवित वस्तु तथा जैविक विविधता समेतमा आक्रान्त पारेको छ ।

देशविदेशबाट भित्रिने भाइरसको नियन्त्रण हुन नसक्दा र स्वदेशभित्र गहिरो अध्ययनबिनाको स्वस्थ्योपचार पशुपन्छीको वर्गमा लागेको रोगको कारण आज वर्षा याममा कृषकका गोरुमा लागेको रोगको नियन्त्रण नहुँदा कृषकले समयमा खेती गर्न नपाएको दुःखेसो राज्यले कहिल्यै पनि सुन्ने र सहयोग गर्न चाहानै नगरेको अवस्था छ ।

यी कारणले हाम्रो नेपाल सरकारले सबैभन्दा महत्वपूर्ण सम्बन्ध रहेको स्थानीय स्तरका नागरिक हुन् । उनीहरुलाई जनचेतनाको आधारमा जानकारी गराउनु पर्ने सरकारको कर्तव्य हुन आउछ र यसको जिम्मेवारी स्थानीय सरकारको आयोजनामा समावेश हुनु पर्नेमा दुईमत छैन ।

लामो समयको वायुमण्डलीय तापक्रम, हावाको बहाव र वर्षाको औषत अवस्थालाई जलवायु भनिन्छ । यसको प्राकृतिक अवस्थामा परिवर्तन हुनु भनेकै जलवायु परिवर्तन हुनु र यसको कारणले विश्वभरि प्रदूषणको प्रभाव परेको छ । प्रदूषणकै कारण रोगब्याध, भवितव्य, विपत आइपर्ने गरेको छ । जलवायुसम्बन्धी उपलब्ध तथ्याङ्कको विश्लेषणबाट यस्तो अवस्थामा फरक आए नआएको थाहा हुन्छ ।

जलवायु परिवर्तनसम्बन्धी एनजिओ, आइएनजिओ तथा अन्तरसरकारी मञ्चका आनुसार जलवायु परिवर्तनले मानवीय क्रियाकलाप वा प्राकृतिक कारणले लामो समयान्तरमा जलवायुमा हुने कुनै पनि किसिमको परिवर्तनलाई बुझाउँद छ भने जलवायु परिवर्तनलाई बुभ्mन कम्तिमा ३० वर्षको तथ्याङ्क आवश्यक हुन्छ भन्ने यसका विज्ञहरुको भनाइलाई हामीले आज यो जानकारी दिनको लागि सरकारले गर्दै आएको स्थानीय स्तरको नागरिकलाई प्रशिक्षण दिनमा एकदमै ढिला भइसकेको अवस्था छ ।

जो जससँग नजिक रहेको जलवायु परिवर्तनमा सहयोगी भीमकामा रहेका वन तथा वातावरण संरक्षणको भुमरीमा आएको परिवर्तनले पृथ्वीमा जलवायु परिवर्तन भइरहेको अनुभव, विज्ञ तथा ठुलाबडाले मात्र होइन आज स्थानीय नागरिकले बुभ्mन आवश्यक छ । यसको असर पहिला स्थानीय, क्षेत्रीय तथा विश्वभरि नै परिरहेको छ । जलवायु परिवर्तनको मापन तापक्रम, वर्षा, वायु र अन्य मौसमी सूचकाङ्कमा भएको परिवर्तनका आधारमा गरिन्छ भन्ने जानकारी स्थानीय नागरिक समेतलाई बुझाउन जरुरी छ ।

बिसौँ शताब्दीमा पृथ्वीमा भएको द्रुत औद्योगिकीकरण, विकास तथा जनसङ्ख्या वृद्धिले ल्याएको नकारात्मक असरका कारण पृथ्वीको जलवायु परिवर्तन भइरहेको छ । यसका विज्ञहरुको भनाइलाई लिएर हामी जलवायु परिवर्तनको बारेमा बुभ्mने र बुझाउने प्रयासरत छौँ तर यहाँ भनिएको छ कि सन् १८८० देखि २०१८ सम्म जमिन र महासागरको सतहको तापक्रमको तथ्याङ्कको औषत निकाल्दा ०.८५ डिग्री सेल्सिएसले वृदी भएको पाइएको छ । सन् १९०६ देखि २००५ बिचको अवधिमा विश्वको तापक्रम ०.७४ डिग्री सेल्सिएसले बढेको देउँछ ।

तथ्याङ्कले भने सन् २००० पछिका वर्षहरु झनै तातो हुँदै गएको भनिन्छ । विगत तीन दशकदेखि भूउपग्रहमार्फत् पृथ्वीको सतह र वायुमण्डलको तल्लो सतह अर्थात पृथ्वीको सतह वरपरको तापक्रमको अध्ययनबाट पनि पृथ्वीको सतहमा तापक्रम वृद्धि भइरहेको देखाएको छ । यसको विपरीत वायुमण्डलभन्दा १५ किमी माथि समतापमण्डल विगत चार वर्षमा चिसो भएको छ । उसले हालको तापक्रम वृद्धि मानवीय क्रियाकलापका कारण भएको पुष्टि गरेको छ ।

यसैका कारण यसको बारेमा आम नागरिकमा प्रशिक्षण हुनु र पाउनु आवश्यक भएको देखिन्छ । नेपालको सन्दर्भमा यो वार्षिक अधिक्तम वृद्धिदर ०,०४.०,०६ डिग्री सेल्सिएस रहेको पाइएको विज्ञहरुको भनाइ छ । नेपालमा तापक्रमको वद्धिदर एकै किसिमको नभइ तराई तथा शिवालिक क्षेत्रको तुलनामा उच्च पाहाडी तथा हिमाली क्षेत्रमा न्यानो दिनमा वृदि भएको देखिएको छ । पछिल्लो समयमा जलवायु परिवर्तनको असर हामीले देखिरहेका छौँ, भोगिरहेका छौँ ।

अब बाहिर परेको असरको बारेमा इन्डोनेसियाको सुनामी, अमेरिकाको आँधी, अमेरिका, युरोप, अस्ट्रेलिया, भारतलगायतका विभिन्न मुलुकमा भएको भीषण हिमपात,नेपालमा सेतीनदीमा आएको बाढी तथा अन्य प्राकृतिक प्रकोप जलवायु परिवर्तनको प्रभावसँग जोडिएका उदाहरण हुन् । यद्यपि यी विषयमा गहन अनुसन्धान हुन भने बाँकी नै छ । वर्षाको समय परिवर्तन अतिवृष्टि, आल्पवृष्टि, अखण्डवृष्टि, लामो खडेरी, वायुको आद्रतामा न्यूनता वा वृद्धि, बाढपहिरोजस्ता विपतमा वृद्धि हुनु, हिमनदी पग्लिएर समुद्र सतह बढ्नु, जैविक विविधतामा ह्रास आउनु मरुभूमिकरण हुनु आदि जलवायु परिवर्तनका केही उदाहरण हुन् ।

जलवायु परिवर्तनका कारण

तापमान वृद्धिदरको निर्धारण, हरितगृह ग्यासको उत्सर्जनमा निभर गर्दछ । त्यसैले जलवायु परिवर्तनको मुख्य कारण हरितगृह ग्यासहरुको उत्सर्जन बढी हुनु हो । प्राकृतिक तहमा हरितगृह ग्यास रहँदा पृथ्वीको तापक्रम जीव तथा वनस्पतिको बासस्थानका लागि उयुक्त हुन्छ तर जब मानवीय कारणले हरितगृह ग्यासको उत्सर्जन बढ्दै जान्छ तब विश्व उष्णीकरणसँगै पृथ्वीको जलवायु परिवर्तन हुन थाल्छ र प्रदूषणको घेरामा पर्ने बढी सम्भावना हुन्छ ।

जलवायु परिवर्तनका लक्षण

सरदरभन्दा तीब्र बढी वा थोरै वर्षा हुनु मनसुनको समय फरक हुनु, वर्षा हुने दिनमा कमी, धेरै गर्मी तथा न्यानो दिनहरु बढ्नु तथा मौसमी प्रकृया बढ्दो निश्चितता हुनु । मौसमी केन्द्रबाट थाहा हुन आएको तापक्रममा वृद्धि भइरहन्छ । अतिवृष्टि र अनावृष्टि हुनु । हिमालको हिउँ, छिटोछिटो पग्लनु, हिमतालको क्षेत्रफल र बिस्फोटकको जोखिम बढ्नु । समुद्रको तहमा वृद्धि हुनु । प्रारम्भिक खेती तथा बालीको उत्पादन कम हुनु ।

खेत बारीमा नयाँनयाँ किरा र झारपात मिचाहा जातका देखिनु, पशुपन्छीमा नयाँ–नयाँ किरा तथा रोगका लक्षण देखापार्नु, उच्च पहाडी र हिमाली क्षेत्रमा घाँसेमैदानमा मिचाहा वनस्पति फैलनु मरुभूमिकरण हुँदै जानु, साविकभन्दा पहिले बिरुवामा पूmल लाग्नु तथा फल चाँडै पाक्नु, बाढीपहिरो तथा डुबानको प्रकोप बढ्दै जानु । वनस्पति तथा वन्याजन्तुको जातजाति लोप हुँदै जानुजस्ता विविधताको कारण जलवायु परिवर्तनको मुख्य कारण मान्न सकिन्छ ।